काठमाडौँ: अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज दोस्रो अभ्यास खेल्दैछ । नेपालले ह्युस्टन हरिकेन्सविरुद्ध दोस्रो अभ्यास खेल खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति ९:१५ प्रेरी भ्यू क्रिकेट कम्पलेक्समा हुनेछ । नेपालले यस अघि पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्सबिरुद्ध ४ विकेटको पराजय भोगेको थियो ।
नेपाली टिम आईसीसी पुरुष विश्वकप लिग डिभिजन-२ अन्तर्गतको एकदिवसीय सिरिजका लागि अमेरिका पुगेको हो । अमेरिकामा नेपालले डिभिजन-२ अन्तर्गत नेपालले घरेलु टोली अमेरिका र ओमानविरुद्ध त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।
नेपालले पहिलो खेल ओमानविरुद्ध जुन ९, दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११, तेस्रो खेल ओमानविरुद्ध जुन १४ र अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…