जिम्मेवारी पूरा नगर्ने’ एक प्रहरी इन्सपेक्टरलाई सेवाबाट हटाइँदै

काठमाडौं: गृह मन्त्रालयले ‘पदीय जिम्मेवारी पूरा नगरी लापरबाही गरेको अभियोग’मा एक प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) लाई सेवाबाट हटाउने भएको छ ।

मन्त्रालयले प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीलाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘विभागीय कारबाही गर्नु नपर्ने कुनै मनासिब कारण भए बाटोको म्यादबाहेक सात दिनभित्र स्पष्टीकरण पेश गर्नू ।’

कुर्मी पर्सा कालिकामाई गाउँपालिका–५का बासिन्दा हुन् । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडाको दरबन्दीमा थिए ।

प्रहरी निरीक्षक कुर्मीले पदीय जिम्मेवारी पूरा नगरेको हुँदा प्रहरी नियमावलीअनुरुप गृहमन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएको हो ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago