ओली र देउवापछि काठमाडौंका मेयर बालेनले भेटे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ पुष्पकमल दाहाल सँग भेटेका छन्। शनिबार बिहान खुमलटारस्थित दाहालको निजी निवास पुगेर मेयर शाहले अध्यक्ष प्रचण्डलाई भेटेका हुन्। भेटमा प्रचण्डले बालेनलाई बधाई दिएका छन्।  प्रचण्डले बालेनलाई देश र जनतालाई सर्वोपरी ठानेर काम गर्न आग्रह समेत गरेका छन्।

‘तपाई जस्तो युवाले नेतृत्व लिनु धेरै खुसीको कुरा हो, यसले माओवादी सिंगो पार्टी र म खुसी छौं,’ प्रचण्डको भनाइ उदृत गर्दै सचिवालय स्रोतले भन्यो, ‘अब तपाईँले कसरी हुन्छ जनताको समस्या समाधानमा ध्यान दिनुहोला, हामीले गर्ने सहयोग गर्नेछौं।’ प्रचण्डले बालेनको जितलाई ठूलो क्रान्ति भएको बताएका थिए।

‘तपाईँको जित बहुत ठूलो कुरा हो, ठूलो क्रान्ति हो’, प्रचण्डले भने, ‘पहिलेका स्वतन्त्र मेयरहरू कुनै एउटा पार्टीसँग आवद्ध भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईँले पहिलो पटक सबैलाई मिलाएर, सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सराहनीय छ त्यसैले तपाईँलाई हाम्रो सधैंभरी साथ र सहयोग हुनेछ।’

बालेनले पनि राजनीति कता लैजाने भन्ने विषयमा मूख्य भूमिकामा प्रचण्ड नै रहेको भन्दै प्रशंसा गरेका थिए। गठबन्धनका तर्फबाट समेत आवश्यक सहयोगको अपेक्षा आफूले गरेको बालेनले प्रचण्डलाई बताएका छन्।

यसअघि मेयर शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago