ओली र देउवापछि काठमाडौंका मेयर बालेनले भेटे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ पुष्पकमल दाहाल सँग भेटेका छन्। शनिबार बिहान खुमलटारस्थित दाहालको निजी निवास पुगेर मेयर शाहले अध्यक्ष प्रचण्डलाई भेटेका हुन्। भेटमा प्रचण्डले बालेनलाई बधाई दिएका छन्।  प्रचण्डले बालेनलाई देश र जनतालाई सर्वोपरी ठानेर काम गर्न आग्रह समेत गरेका छन्।

‘तपाई जस्तो युवाले नेतृत्व लिनु धेरै खुसीको कुरा हो, यसले माओवादी सिंगो पार्टी र म खुसी छौं,’ प्रचण्डको भनाइ उदृत गर्दै सचिवालय स्रोतले भन्यो, ‘अब तपाईँले कसरी हुन्छ जनताको समस्या समाधानमा ध्यान दिनुहोला, हामीले गर्ने सहयोग गर्नेछौं।’ प्रचण्डले बालेनको जितलाई ठूलो क्रान्ति भएको बताएका थिए।

‘तपाईँको जित बहुत ठूलो कुरा हो, ठूलो क्रान्ति हो’, प्रचण्डले भने, ‘पहिलेका स्वतन्त्र मेयरहरू कुनै एउटा पार्टीसँग आवद्ध भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईँले पहिलो पटक सबैलाई मिलाएर, सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सराहनीय छ त्यसैले तपाईँलाई हाम्रो सधैंभरी साथ र सहयोग हुनेछ।’

बालेनले पनि राजनीति कता लैजाने भन्ने विषयमा मूख्य भूमिकामा प्रचण्ड नै रहेको भन्दै प्रशंसा गरेका थिए। गठबन्धनका तर्फबाट समेत आवश्यक सहयोगको अपेक्षा आफूले गरेको बालेनले प्रचण्डलाई बताएका छन्।

यसअघि मेयर शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago