चितवन: चितवन राष्ट्रिय निकुञ्ज आडको वनमा घाँस काट्न गएकी राप्ती नगरपालिका–१ की ५५ वर्षीया सोतीमाया तामाङलाई गत सोमबार बाघले आक्रमण गरेर ज्यान लियो । त्यसको साता दिनअघि जेठ ८ मा निकुञ्ज आडको बाटुली पोखरी वनमा घाँस काट्नै गएकी भरतपुर–१३ पटिहानीकी ५२ वर्षीया फूलकुमारी बोटेको पनि बाघको आक्रमणबाट मत्यु भएको थियो ।
गत वैशाख १८ गते पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गर्दा नारायण दाहालको ज्यान गुमाए । उनी पनि घाँस काट्नै गएका थिए ।
‘हाम्रो सामुदायिक वनभित्र मात्रै साउनयता बाघ आक्रमणका चार घटना भए, तीन जनाको त मृत्यु नै भयो,’ कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशबहादुर श्रेष्ठले भने । घाइते भएकाको उपचारका लागि ८ लाख ५४ हजार रुपैयाँ खर्च गर्नुपरेको उनले बताए ।

निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार ०७८ वैशाखयता विभिन्न जंगली जनावरले आक्रमण गर्दा २४ जनाको ज्यान गएको छ । तीमध्ये १४ जनाको बाघको आक्रमणबाट ज्यान गएको छ ।

यो तथ्यांक ०७८ असार ७ मा सौराहा जनकौली मध्यवर्ती वनमा घाँस काट्न गएकी महिलालाई बाघले आक्रमण गरेर ज्यान लिएपछिको हो । यो वर्ष बाघले आक्रमण गरेका घटना सबै जंगलमै भएका छन् । निकुञ्जका सूचना अधिकारी तिवारी बाघ गाउँमा आएर मानिसको ज्यान लिएको घटना एउटा पनि नभएको दाबी गर्छन् । घाँस काट्न जंगल गएका बेलामा बाघले आक्रमण गरेर आठ जनालाई मारेको निकुञ्जको तथ्यांकमा छ । अरू घटनामा पनि अन्य कामले जंगलमा गएका बेलामा नै आक्रमणमा परेको सूचना अधिकारी तिवारीले बताए ।

‘स्थानीयहरू घाँस–दाउरा गर्न जंगल जाने चलन छ । पहिला जहाँ–जहाँ पुग्थे, अहिले पनि त्यतै जान्छन् । तर बाघले त्यो ठाउँलाई बासस्थल बनाएको हेक्का नराख्दा यस्ता दुःखद घटना भएका हुन्,’ राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा कार्यालयका प्रमुख बाबुराम लामिछानेले भने । उनले बाघको विषयमा अध्ययन अनुसन्धान गर्दै आएका छन् ।

संख्या बढेका कारण बाघ पहिला नबसेको वन क्षेत्रमा आउन थालेको संरक्षणकर्मीहरूको आकलन छ । ‘हामीले घाँस–दाउरा गर्न निश्चित ठाउँ र समय तोकेका छौं । तर मान्छेहरूको बाध्यता छ । घाँस–दाउरा खोज्दै–खोज्दै अलि पर पनि जानुपरेको छ । तोकेको ठाउँभन्दा पर जाँदा घटना हुने गरेको देखेको छु,’ कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष श्रेष्ठले भने ।

कुमरोज वनमा पछिल्लो समय पर्यटकहरूको चहलपहल बढेको छ । वन जोगिएका कारण बाघका आहारा प्रजातिहरू चित्तल, बँदेल पनि बढेका छन् । आहारा बढेपछि चितवन निकुञ्जका बाघ मध्यवर्ती सामुदायिक वनतिर आउने गर्छन् । ‘बाघ आउनु पर्यटनका लागि राम्रो हो । तर स्थानीयलाई त अभिशाप जस्तै बन्यो । स्थानीयलाई के–कसरी जोगाउने हो ? हामीलाई समस्या परेको छ,’ अध्यक्ष श्रेष्ठले भने ।

०७६ मा बाघ आक्रमणमा परेर ज्यान गएको एउटा पनि घटना थिएन । ०७७ मा चार जनालाई बाघले आक्रमण गरेर ज्यान गएको तिवारीले बताए । पहिला विरलै जस्तो हुने बाघ आक्रमणका घटना एक्कासि बढ्न थालेको भन्दै संरक्षणकर्मीहरू चिन्तित देखिन्छन् । बाघको संख्या बढ्नु संरक्षणका दृष्टिले सुखद भए पनि स्थानीय जंगल जानुपर्ने बाध्यता नहट्दा आक्रमणका घटना बढेका छन् ।

‘ज्यानै जाने गरेर पहिला यस्तो आक्रमणका धेरै घटना हुँदैन थिए । कुनै वर्ष शून्य हुन्थ्यो । कुनै वर्ष चार–पाँच वटा पनि हुन्थे । औसतमा बाघका कारणले वर्षमा दुई–तीन जनाले ज्यान गुमाउने घटना हुन्थे । यो वर्ष अलि धेरै नै घटना भए,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहा कार्यालय प्रमुख लामिछानेले भने ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago