काठमाडौँ: वैशाख १९ गते मनाइने चौथो ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’ २०७९ को अवसरमा नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर ‘नेसनल आइसिटी डे अफर’ उपलब्ध गराउने भएको छ।
कम्पनीका ग्राहकहरूका लागि टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो।
यो अफर वैशाख १८ देखि वैशाख २४ ९मे १–७ तारिख०सम्म उपलब्ध हुनेछ । अफरअन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने छ जिबी डाटा प्याक जम्मा रु ९८ मा खरिद गर्न सकिने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।
त्यसैगरी, २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपीएस अनलिमिटेड डाटा र अननेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु ९९ मा उपलब्ध हुँदै आएको राष्ट्रिय सूचना तथा सञ्चार दिवसका अवसरमा ५० प्रतिशत छुटसहित जम्मा रु ४९ मा उपलब्ध हुनेछ।
*1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।
त्यसका साथै रु २०० देखि रु ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने एक जिबीको डाटा प्याक र रु ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा चार दिनसम्म प्रयोग गर्न सकिने दुई जिबी डाटा प्याक पनि उपलब्ध गराइएको प्रवक्ता अधिकारीको भनाइ छ। यस अफरबाट ग्राहकले लाभ लिई सूचना प्रविधिमैत्री बन्न थप सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…