मत बल्ल २५ बर्षकि युबा, भोटदिने होइनत ?

धनकुटा: भर्खरै उच्च शिक्षा सकेकी २५ वर्षीया सुमिना तामाङ धनकुटा नगरपालिकाको प्रमुखको उम्मेदवार बनेकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले उनलाई उम्मेदवार अघि सारेको हो । पढाइपछि जागिर वा रोजगारको खोजीमा जुट्ने अधिकांश युवा पुस्ता भन्दा फरक रोजाइमा छिन् तामाङ । अबको राजनीति युवा पुस्ताले थाम्नु पर्ने भएकोले आफू सक्रिय राजनीतिमा प्रवेश गरेको उनी बताउँछिन् । धनकुटा नगरपालिका १ हिले बजारकी बासिन्दा उनी यसअघि उच्च शिक्षाको लागि चीनमा थिइन् ।
पढाइ सकेर फर्किएपछि पुस्तौनी रुपमा राजनीतिमा लाग्दै आएको परिवारको बाटोलाई आफूले रोजेको बताइन् । निर्वाचनमा उम्मेदवार नै बन्ने उनको परिवारमा उनी तेस्रो पुस्ताकी हुन् । यसअघि उनका हजुरबुवा जीतबहादुर २०४५ सालको निर्वाचनमा तत्कालीन धनकुटा नगरपञ्चायत सदस्य बनेका थिए ।

यस्तै, २०६३ सालमा बाबु रत्नबहादुर धनकुटा नगरपालिकाका उपप्रमुख बनेका थिए । आमा ताराकुमारी राप्रपाबाटै यसअघिको स्थानीय तह निर्वाचन २०७४ मा उपप्रमुखको उम्मेदवार बनेकी थिइन् । बाबुआमा उम्मेदवार बन्दा सक्रिय रुपमा भोट माग्दै गाउँबस्ती पुग्दा नै पार्टी राजनीतिमा चाहना जागेकोले त्यही रहरले यति बेला सार्थकता पाएको उनले बताइन् ।
आफ्नो उपस्थितिलाई युवा पुस्ताको समग्र प्रतिनिधित्व रहेको उनको ठम्याइ छ । ‘हारजित स्वभाविक हो, तर राजेन्द्र लिङ्देन नेतृत्वको पार्टीबाट मेयरको उम्मेदवार बन्न पाउँदा गौरव लागेको छ’ उनले भनिन्, ‘पार्टी राजनीतिमा सक्रिय बन्दै सिक्दै अगाडि बढ्ने छु ।’ उनका बुवा रत्नबहादुरले छोरीको उत्साहा देखेर खुसी लागेको बताए । ‘कम उमेर मै प्रमुख पदको उम्मेदवार बन्ने मौका पाएकी छोरीको उत्साहले निकै खुसी मिलेको छ’, उनले भने, ‘भविष्यमा निखारपन अवश्य आउने विश्वास छ।’

शाही शासनकालको निर्वाचनमा रत्नबहादुर उपप्रमुखमा विजयी भएका थिए । नगर प्रमुखमा उम्मेद्वार बन्ने कम उमेरकामध्ये सुमिना पनि एक रहेको जिल्ला निर्वाचन सुचना अधिकारी जयराम श्रेष्ठ बताउँछन् । उनले भने, ‘प्रमुख पदमा उम्मेद्वार बन्ने कान्छी उमेरकामध्ये तामाङ् पनि हुन् ।’

सुमिना आफूले महिलासँगै जनजाति र युवा पुस्ताको पनि प्रतिनिधित्व गर्ने बताउँछिन् ।

३० वर्षमुनिका ७७ उम्मेदवार

धनकुटामा २० देखि ३० वर्षमुनिका ७७ जनाले स्थानीय तह निर्वाचनमा विभिन्न पार्टीबाट उम्मेदवार बन्ने मौका पाएका छन् ।

२१ वर्षीया सुविका तामाङ पाख्रिबास ७ मा उम्मेदवार छिन् । नेपाली कांग्रेसबाट महिला सदस्यमा उनी यतिबेला चुनावी मैदानमा उत्रिएको बताउँछिन् ।

निर्वाचन आयोगको समष्टिगत विवरण अनुसार जिल्लामा सबैभन्दा कान्छो उम्मेदवार २१ वर्ष र बढि उमेर ७५ वर्ष रहेको छ । २० देखि ३० वर्ष उमेरका उम्मेदवारमा सबैभन्दा बढी पाख्रिबास नगरपालिका १५ र सबैभन्दा कम धनकुटा नगरपालिकामा ५ जना रहेका छन् ।

साँगुरीगढी गाउँपालिकामा १४, महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा १२ रहेका छन् । सहिदभूमि गाउँपालिकामा १० र चौबिसेमा ९ जना छन् । तीन नगर र चार गाउँपालिका रहेको जिल्लामा कुल ७ सय ८५ उम्मेदवारमध्ये ३ सय १४ जना निर्वाचित हुने छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago