मत बल्ल २५ बर्षकि युबा, भोटदिने होइनत ?

धनकुटा: भर्खरै उच्च शिक्षा सकेकी २५ वर्षीया सुमिना तामाङ धनकुटा नगरपालिकाको प्रमुखको उम्मेदवार बनेकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले उनलाई उम्मेदवार अघि सारेको हो । पढाइपछि जागिर वा रोजगारको खोजीमा जुट्ने अधिकांश युवा पुस्ता भन्दा फरक रोजाइमा छिन् तामाङ । अबको राजनीति युवा पुस्ताले थाम्नु पर्ने भएकोले आफू सक्रिय राजनीतिमा प्रवेश गरेको उनी बताउँछिन् । धनकुटा नगरपालिका १ हिले बजारकी बासिन्दा उनी यसअघि उच्च शिक्षाको लागि चीनमा थिइन् ।
पढाइ सकेर फर्किएपछि पुस्तौनी रुपमा राजनीतिमा लाग्दै आएको परिवारको बाटोलाई आफूले रोजेको बताइन् । निर्वाचनमा उम्मेदवार नै बन्ने उनको परिवारमा उनी तेस्रो पुस्ताकी हुन् । यसअघि उनका हजुरबुवा जीतबहादुर २०४५ सालको निर्वाचनमा तत्कालीन धनकुटा नगरपञ्चायत सदस्य बनेका थिए ।

यस्तै, २०६३ सालमा बाबु रत्नबहादुर धनकुटा नगरपालिकाका उपप्रमुख बनेका थिए । आमा ताराकुमारी राप्रपाबाटै यसअघिको स्थानीय तह निर्वाचन २०७४ मा उपप्रमुखको उम्मेदवार बनेकी थिइन् । बाबुआमा उम्मेदवार बन्दा सक्रिय रुपमा भोट माग्दै गाउँबस्ती पुग्दा नै पार्टी राजनीतिमा चाहना जागेकोले त्यही रहरले यति बेला सार्थकता पाएको उनले बताइन् ।
आफ्नो उपस्थितिलाई युवा पुस्ताको समग्र प्रतिनिधित्व रहेको उनको ठम्याइ छ । ‘हारजित स्वभाविक हो, तर राजेन्द्र लिङ्देन नेतृत्वको पार्टीबाट मेयरको उम्मेदवार बन्न पाउँदा गौरव लागेको छ’ उनले भनिन्, ‘पार्टी राजनीतिमा सक्रिय बन्दै सिक्दै अगाडि बढ्ने छु ।’ उनका बुवा रत्नबहादुरले छोरीको उत्साहा देखेर खुसी लागेको बताए । ‘कम उमेर मै प्रमुख पदको उम्मेदवार बन्ने मौका पाएकी छोरीको उत्साहले निकै खुसी मिलेको छ’, उनले भने, ‘भविष्यमा निखारपन अवश्य आउने विश्वास छ।’

शाही शासनकालको निर्वाचनमा रत्नबहादुर उपप्रमुखमा विजयी भएका थिए । नगर प्रमुखमा उम्मेद्वार बन्ने कम उमेरकामध्ये सुमिना पनि एक रहेको जिल्ला निर्वाचन सुचना अधिकारी जयराम श्रेष्ठ बताउँछन् । उनले भने, ‘प्रमुख पदमा उम्मेद्वार बन्ने कान्छी उमेरकामध्ये तामाङ् पनि हुन् ।’

सुमिना आफूले महिलासँगै जनजाति र युवा पुस्ताको पनि प्रतिनिधित्व गर्ने बताउँछिन् ।

३० वर्षमुनिका ७७ उम्मेदवार

धनकुटामा २० देखि ३० वर्षमुनिका ७७ जनाले स्थानीय तह निर्वाचनमा विभिन्न पार्टीबाट उम्मेदवार बन्ने मौका पाएका छन् ।

२१ वर्षीया सुविका तामाङ पाख्रिबास ७ मा उम्मेदवार छिन् । नेपाली कांग्रेसबाट महिला सदस्यमा उनी यतिबेला चुनावी मैदानमा उत्रिएको बताउँछिन् ।

निर्वाचन आयोगको समष्टिगत विवरण अनुसार जिल्लामा सबैभन्दा कान्छो उम्मेदवार २१ वर्ष र बढि उमेर ७५ वर्ष रहेको छ । २० देखि ३० वर्ष उमेरका उम्मेदवारमा सबैभन्दा बढी पाख्रिबास नगरपालिका १५ र सबैभन्दा कम धनकुटा नगरपालिकामा ५ जना रहेका छन् ।

साँगुरीगढी गाउँपालिकामा १४, महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा १२ रहेका छन् । सहिदभूमि गाउँपालिकामा १० र चौबिसेमा ९ जना छन् । तीन नगर र चार गाउँपालिका रहेको जिल्लामा कुल ७ सय ८५ उम्मेदवारमध्ये ३ सय १४ जना निर्वाचित हुने छन् ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago