काठमाडौँ: नेकपा (एमाले) विभाजनपछि राजनीतिमा कतै नखुलेका वामदेव नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन् । गौतमले एकीकृत समाजवादीका लागि निर्वाचन गीत लेखेर आफ्नो धार कतातिर छ भन्ने संकेत गरेका छन् । एमाले उपाध्यक्षबाट राजीनामा दिएपछि उनी राजनीतिक दलमा खुलेका थिएनन् ।
एकीकृत समाजवादीले गौतमको शब्द रहेको चुनावी गीत मंगलबार सार्वजनिक गरेको छ । गीतमा ‘कलम हो है चुनाव चिह्न छाप लगाउने, समाजवाद निर्माण गर्न जनता जगाउने’ लगायतका शब्द रहेका छन् । गीतको बोल ‘जनता जगाउने, कलममा छाप लगाउने’ रहेको छ । गौतमका शब्दमा कृष्ण केसी र जुना श्रीष मगरको स्वर रहेको छ । संगीत केसीको रहेको छ ।
गीतमा एकीकृत समाजवादी व्यक्तिवादी नभई विचारवादी, नेताभन्दा नीति प्रधान रहेको उल्लेख छ । उद्योग, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्यका क्षेत्रमा विकासका लागि कलममा मतदान गर्न आह्वान गरिएका शब्द गौतमले लेखेका छन् ।
‘हाम्रो पार्टी, समाजवादी देशैभरी छायो, चुनाव चिह्न कलम बोकी घरआँगनमा छायो’ शब्द रहेका गीतमा संविधानको उल्लंघनले राज्य नचल्ने र प्रतिगामी हर्कतले देश नबन्नेलगायतका कुरा गीतमा राखेर आफ्नो कित्ता गौतमले कतातिर भन्ने देखाएका छन् ।
एकीकृत समाजवादीले युट्युबमार्फत सार्वजनिक गरेको गीतको भिडियोमा पनि गौतम देखिएका छन् । गीत रेकर्डिङको क्रममा स्टुडियोमा गौतम रहेको भिडियोमा देख्न पाइन्छ ।
राष्ट्रिय सभा सदस्य गौतम पछिल्लो समय राजनीतिक गतिविधि बाहिर रहेका थिए । उनीकी श्रीमती तुल्सी थापा एमालेबाट प्रतिनिधिसभा सदस्य छन् । उनीसँगै रहेका केही नेता भने एमालेबाट विभाजित भएर गठन भएको एकीकृत समाजवादीतिर लागेका थिए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उक्त गीत सामाजिक सञ्जाल फेसबुकमा राख्दै ‘कमरेड वामदेव गौतमले रचना गर्नुभएको ‘कलममा भोट हाल्न’ अपील गरिएको गीत’ भनेका छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…