पोखरा: पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलहरूले प्रयोग गरेका प्रचार सामग्री नियन्त्रणमा लिएको छ । कार्यालयले मंगलबार अनुगमन गर्दै आचारसंहिता उल्लंघन गर्दै प्रचारमा प्रयोग गरिएका सामग्री बरामद गरिएको निर्वाचन कार्यालयका अनुगमन अधिकृत निल पनेरु बताए ।

टोलीमा प्रदेश निर्वाचन कार्यालयका प्रमुख होमनाथ पराजुली अनुगमन समितिको सदस्य सचिव, निर्वाचन कार्यालयबाट अनुगमन हेर्ने अधिकृत निल पनेरुसहित सुरक्षा निकायका प्रतिनिधिहरु थिए । उनीहरुले पोखराको केही वडामा पुगेको टोलीले चर्को आवाजमा बजाउँदै हिडेको १५ वटा माईक बरामद गरेको हो ।

विभिन्न राजनैतिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरित माइकिङ गरेकाले प्रचार प्रसारमा प्रयोग भएको सामग्री नियन्त्रणमा लिएको उनको भना छ । उनका अनुसार महानगरमा संयुक्त र जिल्लाका पालिकाहरुमा सम्बन्धित पालिकाका निर्वाचन अधिकृतको कार्यालयले अनुगमन गर्नेछ । ‘हामीले कुनै पनि हालतमा अब आचारसंहिता उल्लंघन गर्न दिने छैनौं यो कडाइका साथ पालना हुनेछ’ उनले भने ।

पोखराका विभिन्न स्थानबाट चर्को आवाजमा माईकिङ गरेको भन्दै विभिन्न पार्टीले गाडीमा प्रयोग गरेको सामाग्री नियन्त्रणमा लिएको हो । जसमा विभिन्न वडाबाट नेपाली कांग्रेसले ६, राप्रपाले ४, नेकपा एमालेले ३ र विवेकशील साझाले २ स्थानमा प्रयोग गरेको माईक बरामद गरेको अनुगमन अधिकृत पनेरुले जानकारी दिए । बरामद गरिएका सामग्रीहरुलाई प्रक्रियामा लगेर बुधबारदेखि अनुगमनलाई अझ तीब्र बनाउने उनले बताए । ‘निर्वाचन आचारसंहिता पालना गराउने सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालय कटिबद्ध छ,’ उनले भने, ‘अनुगमनका विषयमा समितिको बैठक बसेर भोलिका दिनका लागि योजना बनाएर अघि बढ्छौं ।’

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago