काठमाडौं: कान कराउने समस्यालाई कतिपयले कमजोरीको संज्ञा दिन्छन् । कतिले चाहि कानमा केही छिरेर पनि कान कराएको वा कान बज्ने गरेको अनुमान गर्छन् ।

खासमा के हो ? जबकी कान कराउनु वा बज्नु आफैमा एउटा समस्या हो । कानमा जमेको फोहर, कानको संक्रमण, बढ्दो उमेर, उच्च रक्तचाप, हृदय रोग, शरीरमा रगतको कमी, घाटी वा गर्दनको समस्या, ठूलो आवाजका कारण कानमा क्षति पुगेमा वा ध्वनी प्रदुषणका कारण पनि कान कराउने वा कान बज्ने गर्दछ ।

त्यस्तै, कानको भित्री भागमा रहेको भेस्टिबुलार ककलेयर नशामा ट्युमर भएमा, मस्तिष्कको भित्री भागमा रक्तश्राव भएमा, संक्रमण भएमा वा कुनै समस्या भएमा पनि कान बज्ने गर्छ । त्यसबाहेक, एस्पिरिन, एन्टीबायोटिक्स लगायतका औषधीहरुको दुष्प्रभावका कारण पनि कान बज्ने गर्दछ ।

के हो कान बज्ने समस्या ? कान बज्ने समस्यालाई चिकित्सकीय भाषामा टिनिटस पनि भन्ने गरिन्छ । टिनिटसको समस्या एउटा कान वा दुवैमा हुनसक्छ । यस्तो समस्या कहिलेकाही वा पटक पटक पनि हुनसक्छ । सामान्य रुघाखोकी, ज्वरो तथा हवाईजहाजका क्रममा यस्तो समस्या देखिएमा यो समस्यालाई खासै गम्भीर मानिदैन । तर लामो समयसम्म यस्तो समस्या रहिरहे यो घातक पनि हुनसक्छ ।

किन हुन्छ कान बज्ने समस्या ? ठूलो आवाजमा धेरै बेर बसिराख्नाले पनि कान बज्ने समस्या उत्पन्न हुनसक्दछ । टूलो आवाजले आवाज प्रति संवदनशलि कोषिकामा क्षति पुर्‍याउने गर्दछ ।

त्यस्तै, कानमा फोहर जमेमा, कानको संक्रमण , कानको नलीमा ट्युमर भएमा पनि कानबाट आवाज आउने गर्छ । त्यस्तै, बढ्दो उमेर, उच्च रक्तचाप, रगतको कमी, हृदय रोग, काधको समस्या, घाटी सम्बन्धि समस्या लगायतका कारण पनि कान बज्ने गर्दछ ।
कान बज्नुको लक्षण ? कान बजेमा कान कराउन, कानमा टिं ‘ भइरहने, केही आवाज आएजस्तो हुने वा कानमा सिठी बज्ने गर्दछ । यस्ता आवाज हल्का, भारी वा एकसुरको पनि हुनसक्दछ । विशेषगरी, कानको समस्या भएका विरामी आफूले मात्र सुन्न तथा मनन गर्न सक्ने यस्तो आवाज स्टेथोस्कोपको मद्दतले चिकित्सकहरुले पनि सुन्न सक्दछन् ।

कुन अवस्थामा कान कराउने समस्या गम्भीर हुनसक्छ ? यदी बारम्बार कान कराए, अडियोमेट्री गर्दा कानको नशा सुकेको पाइए, बेलाबेलामा रिङ्गटा लागेमा कान कराउने समस्या गम्भीर हुन सक्दछ । यो समस्यालाई चिकित्सकीय भाषामा ‘सेन्सरी न्युरल हियरिङ्ग लस’ भन्ने गरिन्छ । सेन्सरी न्युरल हियरिङ्ग लस भएमा चिकित्सकहरुले यसलाई गम्भीर रुपमा उपचार गर्ने गर्दछन् । अडियोमेट्री टि्रम्पेनोेमेट्री, एक्सरे, सिटी स्क्यान, मस्तिष्कको एमआरआईद्धारा पनि यसको पहिचान गरी उपचार गर्न सकिन्छ ।

उपचार विधि? सामान्यतयाः कान बज्ने समस्या खासै गम्भीर समस्या मानिदैन । यद्यपी, ९० प्रतिशत मानिस यसलाई गम्भीर समस्या मानेरै अस्पताल पुग्ने गर्दछन् । जबकी, साधारण रुघाखोकीका कारण यस्तो समस्या देखिएमा यो समस्या हप्ता/दश दिनमा आफै ठीक भएर जान्छ । चुइगम, चकलेट चपाउनाले पनि समस्या समाधान गर्न सकिन्छ । तर यदी यो समस्या एक महिनासम्म पनि ठीक नभएमा भने चिकित्सकको परामर्श आवश्यक छ । त्यतिमात्र हैन, कान बज्ने समस्याका साथमा कानमा पिडा भएमा वा कानबाट तरल पदार्थ निस्किए, कान सुनिन कम भए वा चक्कर लाग्न थालेमा तुरुन्तै चिकित्सकको सल्लाह आवश्यक हुन्छ , किनकी यो समस्या गम्भीर रोगको संकेत अर्थात ट्युमरको संकेत पनि हुनसक्छ ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago