काठमाडौं: नेकपाएमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दुई दिनको खेल रहेको बताउनु भएको। प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको परमादेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल भएको आरोप लगाउनु भयो ।
‘पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि यो दुई दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो । टालाटुली बाटुल कति राम्रा पुतली भने जस्तै हो । यी टालाटुली बटुलेका पुतलीहरू राम्रो पनि छैनन् । टाला पनि मिलाएर बनाउन जानेका छैनन्,’ ओलीले भन्नुभयो ।
पाँच दलीय गठबन्धन भ्रमको खेती भएको उहाँको आरोप छ । स्थायी कुरा सत्य हुने भन्दै ओलीले भन्नुभयो, ‘स्थायी कुरा जनताको आदेश हो । जनताको आदेश के थियो र के आउँछ भन्ने कुरा आगामी निर्वाचनले देखाउँछ ।’
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…