प्रतिपरिवार ४१२ रुपैयाँ राहत , किसानका पीडा सुनेन सरकारले

जुम्ला: गएको कार्तिक १ देखी ३ गतेसम्म आएको बेमौसमी बाढी पहिरोले यहाँका घर, विद्यालय,भेडादेखी, मार्सीधान उत्पादन हुने खेतसम्म बाढीले बगाएपछि सरकारले जुम्लाका प्रतिपरिवारलाई ४ सय १२ रुपैयाको राहत दिएको छ ।

यो याम भनेको खेतमा कालीमार्सी धानको विउ राख्ने जुम्ली किसानको समय हो । गएको कात्र्तिक महिनामा आएको बाढीले तातोपानी गाउँपालिकाको सर्मी गाउँ, तिला गाउँपालिकाको नुवाकोट, रावतबाडा, साँपुल्लील लगायत गाउँका किसानले मार्सी बीउ राख्न सकेनन् ।

नाममात्र राहत किसानका पीडा सुनेन सरकारले

किसानका अनुहारमा पीर, मर्का र घरखर्च कसरी चलाउने भनेर निराश भएको परिवेशमा सरकारले झन निराश बनाएको छ । प्राकृतिक विपत्तिले रित्तो बनाएका किसानलाई सरकारले अर्के पीडा थपेको छ । बाढीले सर्वस्व लुटेर लिएको ६ महिनापछि सरकारले पीडित किसानलाई प्रतिपरिवार ४ सय १२ रुपैयाँका दरले राहत पठाएको छ । बाढीले क्षतिग्रस्त खेतबारी हेर्दा सम्हालिन मुस्किलै पर्छ । विपद्का आला घाउले बेलाबेला झस्काउन्छ, अहिले सरकारले पठाएको राहत परिणामले झन पीडा दिएको तातोपानी गाउँपालिकावासि बताउँछन् ।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थपान प्राधिकरणले आयोजना गरेको जिल्ला तथा स्थानीय तहमा विपद् जोखिम न्युनीकरण सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले जिल्ला विपद् व्यवस्थापन समितिको खातामा सरकारले १ हजार ११२ बाढीपीडितलाई पाँच लाख पठाएको प्रजिअ प्रसाईं बताउनुभयो । उहाँले भन्नुभयो, “प्रशासनबाट १९ लाख, ३५ हजार ४६५ रुपैयाँ माग गरेका थियौ । तर सरकारले पाँच लाखमात्रै पठाएको प्रजिअ प्रसाईले बताउनुभयो ।”

कृषि विकास कार्यालय जुम्लाले संकलन गरेको तथ्यांकअनुसार बाढीले जुम्लाका १ हजार ११२ किसानको मार्सी धानलगायत बालीमा क्षति पु-याएको छ । धानमा क्षति गर्दा जुम्लामा यसवर्ष झण्डै १ हजार २ सय मेट्रिक टन धान उत्पादन घटेको छ । गत वर्ष साढे ६ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ५ हजार ४ सय बढी मेट्रिक टन धानमात्रै उत्पादन भएको कृषि विकास कार्यालय जुमलाले जनाएको छ । नागरिक समाजका अध्यक्ष राजबहादुर महतले सरकारले राहतका नाममा जुम्ली किसानको खिल्ली उडाएको बताउनुभयो ।

सरकारको यसप्रकारको राहतले किसानलाई खुसी हैन, झनै पीडा हुने भएकोले सो राहत फिर्ता गर्नुको कुनै विकल्प नरहेको नेकपा एकीकृत समाजवादी जुम्ला सचिव आदिप्रसाद न्यौपाने बताउनुभयो । जिल्लामा चालु आर्थिक वर्षमा प्राकृतिक विपद्बाट ७ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago