प्रतिपरिवार ४१२ रुपैयाँ राहत , किसानका पीडा सुनेन सरकारले

जुम्ला: गएको कार्तिक १ देखी ३ गतेसम्म आएको बेमौसमी बाढी पहिरोले यहाँका घर, विद्यालय,भेडादेखी, मार्सीधान उत्पादन हुने खेतसम्म बाढीले बगाएपछि सरकारले जुम्लाका प्रतिपरिवारलाई ४ सय १२ रुपैयाको राहत दिएको छ ।

यो याम भनेको खेतमा कालीमार्सी धानको विउ राख्ने जुम्ली किसानको समय हो । गएको कात्र्तिक महिनामा आएको बाढीले तातोपानी गाउँपालिकाको सर्मी गाउँ, तिला गाउँपालिकाको नुवाकोट, रावतबाडा, साँपुल्लील लगायत गाउँका किसानले मार्सी बीउ राख्न सकेनन् ।

नाममात्र राहत किसानका पीडा सुनेन सरकारले

किसानका अनुहारमा पीर, मर्का र घरखर्च कसरी चलाउने भनेर निराश भएको परिवेशमा सरकारले झन निराश बनाएको छ । प्राकृतिक विपत्तिले रित्तो बनाएका किसानलाई सरकारले अर्के पीडा थपेको छ । बाढीले सर्वस्व लुटेर लिएको ६ महिनापछि सरकारले पीडित किसानलाई प्रतिपरिवार ४ सय १२ रुपैयाँका दरले राहत पठाएको छ । बाढीले क्षतिग्रस्त खेतबारी हेर्दा सम्हालिन मुस्किलै पर्छ । विपद्का आला घाउले बेलाबेला झस्काउन्छ, अहिले सरकारले पठाएको राहत परिणामले झन पीडा दिएको तातोपानी गाउँपालिकावासि बताउँछन् ।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थपान प्राधिकरणले आयोजना गरेको जिल्ला तथा स्थानीय तहमा विपद् जोखिम न्युनीकरण सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले जिल्ला विपद् व्यवस्थापन समितिको खातामा सरकारले १ हजार ११२ बाढीपीडितलाई पाँच लाख पठाएको प्रजिअ प्रसाईं बताउनुभयो । उहाँले भन्नुभयो, “प्रशासनबाट १९ लाख, ३५ हजार ४६५ रुपैयाँ माग गरेका थियौ । तर सरकारले पाँच लाखमात्रै पठाएको प्रजिअ प्रसाईले बताउनुभयो ।”

कृषि विकास कार्यालय जुम्लाले संकलन गरेको तथ्यांकअनुसार बाढीले जुम्लाका १ हजार ११२ किसानको मार्सी धानलगायत बालीमा क्षति पु-याएको छ । धानमा क्षति गर्दा जुम्लामा यसवर्ष झण्डै १ हजार २ सय मेट्रिक टन धान उत्पादन घटेको छ । गत वर्ष साढे ६ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ५ हजार ४ सय बढी मेट्रिक टन धानमात्रै उत्पादन भएको कृषि विकास कार्यालय जुमलाले जनाएको छ । नागरिक समाजका अध्यक्ष राजबहादुर महतले सरकारले राहतका नाममा जुम्ली किसानको खिल्ली उडाएको बताउनुभयो ।

सरकारको यसप्रकारको राहतले किसानलाई खुसी हैन, झनै पीडा हुने भएकोले सो राहत फिर्ता गर्नुको कुनै विकल्प नरहेको नेकपा एकीकृत समाजवादी जुम्ला सचिव आदिप्रसाद न्यौपाने बताउनुभयो । जिल्लामा चालु आर्थिक वर्षमा प्राकृतिक विपद्बाट ७ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago