काठमाडौं: नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता तथा सेवा सुविधा बापत एक करोड ७७ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले उक्त रकम आर्थिक वर्ष २०७६/७७ मा दिएको हो । जतिवेला प्रमुख कार्यकारी अधिकृतमा विवेक झा थिए ।
जवकी झाले यस भन्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा २ करोड ६० लाख ६० हजार रुपैयाँ प्राप्त गरेका थिए । झा २०७७ असार ३१ गते दोस्रो कार्यकाल पुरा गरेर बाहिरिएका कारण उनलाई कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नियम अनुसारको कर्मचारी बोनस दिएको छैन । यसैले गर्दा यस आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृतले प्राप्त गर्ने तलब सुविधा कम देखिएको हो ।
कम्पनीले प्रमुख कार्यकारी अधिकृतलाई तलब तथा अलाउन्सेस बापत एक करोड २३ लाख रुपैयाँ दिएको छ । त्यस्तै यस वर्षमा झाले इन्सेन्टिभ बापत १८ लाख रुपैयाँ बुझेका छन् । झाले यस भन्दा अघिल्लो आर्थिक वर्षमा कर्मचारी बोनस बापत ६७ लाख ५२ हजार रुपैयाँ बुझेका थिए । इन्सेन्टिभ पनि २८ लाख ५० हजार रुपैयाँ बुझेका थिए ।
लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीले मात्रै तीन करोड ३७ लाख रुपैयाँ तलब भत्ता तथा अन्य सुविधा प्राप्त गरेका छन् । यस वर्षमा कर्मचारीहरुले तलब ३४ करोड ३९ लाख रुपैयाँ बुझेका छन् । त्यस्तै मुनाफाबाट १३ करोड ८४ लाख रुपैयाँ बोनस प्राप्त गरेका छन् । समिक्षा वर्षमा संचालकहरुलाई बैठक भत्ता बापत ४७ लाख १६ हजार रुपैयाँ भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…