एमालेले चुनावी घोषणापत्र, चुनावी एजेन्डा सार्वजनिक गर्ने

धादिङ: नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले स्थानीय तह निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने बताएका छन् । नेकपा एमाले पार्टी कार्यालय धादिङबेसीमा प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता बादलले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासको एजेन्डा बोकेर निर्वाचनमा होमिएको बताए । सबै स्थानीय तहमा एक्लै उम्मेदवार उठाएर जाने तयारी रहे पनि स्थानीय स्थिति हेरेर तालमेलको निर्णय लिन सकिने बताए ।

सिंगो देश निर्वाचनमा होमिएको र राजनीतिक दल पनि निर्वाचनका लागि सक्रिय भएकाले यो परिस्थितिमा देश र जनताको रक्षाका लागि सबैले सोच्नुपर्ने बताए । उनले भने, ‘देशको राष्ट्रियता जोखिममा परेको छ; लोकतन्त्र धरापमा छ; देशको आर्थिक स्थिति डामाडोल छ; अर्थविद्को भनाइअनुसार देश असफल उन्मुख छ; यस प्रकारको परिस्थितिमा नेकपा एमालेले देशको नेतृत्व दिनुपर्छ, परिस्थितिलाई सामान्य बनाउन एमालेको नेतृत्व आवश्यक छ ।’

यो सरकारले देशलाई दुर्घटनातिर लगेको भन्दै उपाध्यक्ष बादलले सदन अस्तव्यस्त भएको र न्याय व्यवस्था भताभुङ्ग बनेको बताएका हुन् । यस्तो अवस्थामा देशले ठूलो चुनौतीको सामाना गरिरहेको बताउँदै नेकपा एमाले जनादेशको माध्यमबाट यो देशको बाटो आफ्नो हातमा लिन चाहेको उनले बताए ।

देशको राजनीति दुईवटा ध्रुवमा विभाजित भएको छ । ‘एकातिर नेपाली कांग्रेसको नेतृत्वमा अपवित्र गठबन्धन छ भने अर्कोतिर नेकपा एमालेको नेतृत्वमा सबै देशभक्तहरू, लोकतान्त्रिक शक्तिहरु उभिएका छन् । आगामी निर्वाचनमा हाम्रा मूल एजेन्डाहरूलाई लिएर चुनावमा होमिन तयार छौं‚’ नेता बादलले भने ।

एमालेको नेतृत्वमा मात्रै समृद्धि सम्भव रहेको भन्दै उनले मुलुकको भविष्यका निम्ति पनि यो निर्वाचन एमालेले जित्न जरुरी रहेको बताए । उनले भने, ‘एमाले अहिले पनि पहिलो पार्टी भएकाले आगामी निर्वाचनमा पहिलो हुने मात्रै होइन‚ दुईतिहाइ बहुमतका साथ पहिलो हुने लक्ष्य हो ।’ नेता बादलले स्थानीय तहको निर्वाचन भयरहित र निष्पक्ष हुनेमा आशंका रहेको बताए । वैशाख ९ गते पार्टी स्थापना दिवसको दिन एमालेले चुनावी घोषणापत्र, चुनावी एजेन्डा सार्वजनिक गर्नेसमेत उनले बताए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago