सेयर बजार २५ सयमुनि ओर्लियो, अब कताजालात ?

काठमाडौं: आज साताको दोस्रो दिन पनि शेयर बजार नेप्से परिसूचक ओरालो लागेको छ । आज सोमबार नेप्से परिसूचक १४ दशमलव ८८ अंकले घटेर २,४९८ दशमलव ५३ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । आज ३६ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १४६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२६ वटा कम्पनीको ३४ करोड २९ लाख ९१७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै इमर्जिङ नेपालको शेयर कारोबार भएको छ । कम्पनीको ६ करोड ३९ लाख रुपैयाँकोे शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १४ सय ७० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, नविल बैंकको ५ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ३ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमा्एका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ९ दशमलव १२ प्रतिशतका दरले कमाएका छन् । आरबीबी म्युचुअल फण्डका इकाईधनीले ३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै सिटिजन म्युचुअल फण्ड २ का इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ५ प्रशिततका दरले गुमाएका हुन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago