नेपाललाई पहिलो उपाधि

काठमाडौँ: दीपेन्द्रसिंह ऐरीले सानदार अलराउन्ड प्रदर्शन गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेको छ । नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्‍यो ।
दीपेन्द्रले उत्कृष्ट बलिङ गरि ४ विकेट लिएपछि १ सय ६९ रनको विजय लक्ष्य लिएर पीएनजी १६.१ ओभरमा १ सय १८ रनमा अलआउट भयो । सन्दीप लामिछानेको कप्तानीमा नेपालको यो पहिलो उपाधि हो ।

दीपेन्द्रले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । उनले पीएनजीका कप्तान असाद भाला (८), चार्ल्स अमिनी (१५), टोनी उरा (०) र चाड सोपर (१) लाई आउट गरेका थिए ।

करणले ३ ओभरमा २७ रन खर्चेर ३ र कप्तान सन्दीप लामिछानले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सेसे बाउले पीएनजीबाट सर्वाधिक ५९ रन बनाए । उनले ३८ बल खेली १ चौका र ६ छक्का प्रहार गरे ।

यसअघि पीएनजीले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णयमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६८ रन बनाएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले राम्रै सुरुआत गरे पनि सेमो कामिआले एकै ओभरमा उत्कृष्ट बलिङ प्रर्दशन गर्दै खेलको नक्सा परिवर्तन गरेका थिए ।

ओपनर कुशल भुर्तेलले २२ बलमा २५ रन बनाए । उनले ५ चौका प्रहार गरे । रोहित पौडेल २ रनमै आउट भए पनि दीपेन्द्रसिंह ऐरी र आसिफ शेख ब्याटिङ गरिरहँदा नेपाल राम्रो स्कोरतर्फ अगाडि बढेको थियो ।

कामिआले एकै ओभरमा ३ विकेट लिएर पीएनजीलाई खेलमा फर्काएका थिए । उनले शेख दाजु भाई आसिफ र आरिफसहित दीलिप नाथलाई आउट गरे । आसिफले २९ बल खेली १ छक्कासहित २९ रन बनाए । आरिफ र दीलिप २/२ बल खेल्दै शून्यमा आउट भए ।

दीपेन्द्रले नेपालबाट सर्वाधिक ५४ रन बनाए । उनले ३८ बल खेली ५ चौका प्रहार गरे । आफ्नो इनिङ्सका क्रममा दीपेन्द्र ट्वान्टी २० अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने खेलाडी बने । मोहम्मद आदिल अलामले १३ बलमा १ चौका र १ छक्कासहित १५ रन बनाए ।

दीपेन्द्र र करण केसीले २४ बलमा ५४ रनको अविजित साझेदारी गरे । करण १२ बलमा ५ चौका र १ छक्का प्रहार गरी ३३ रनमा अविजित रहे ।

नेपाल अपराजित रहि फाइनल खेलेको थियो । नेपालले राउन्ड रोबिनका चार खेलमा पीएनजी र मलेसियालाई २/२ पटक पराजित गरेको थियो । पीएनजीसँगको दुई खेलमा नेपालले क्रमशः १५ र ३७ रनको विजय हात पारेको थियो ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago