नेपाललाई पहिलो उपाधि

काठमाडौँ: दीपेन्द्रसिंह ऐरीले सानदार अलराउन्ड प्रदर्शन गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेको छ । नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्‍यो ।
दीपेन्द्रले उत्कृष्ट बलिङ गरि ४ विकेट लिएपछि १ सय ६९ रनको विजय लक्ष्य लिएर पीएनजी १६.१ ओभरमा १ सय १८ रनमा अलआउट भयो । सन्दीप लामिछानेको कप्तानीमा नेपालको यो पहिलो उपाधि हो ।

दीपेन्द्रले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । उनले पीएनजीका कप्तान असाद भाला (८), चार्ल्स अमिनी (१५), टोनी उरा (०) र चाड सोपर (१) लाई आउट गरेका थिए ।

करणले ३ ओभरमा २७ रन खर्चेर ३ र कप्तान सन्दीप लामिछानले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सेसे बाउले पीएनजीबाट सर्वाधिक ५९ रन बनाए । उनले ३८ बल खेली १ चौका र ६ छक्का प्रहार गरे ।

यसअघि पीएनजीले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णयमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६८ रन बनाएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले राम्रै सुरुआत गरे पनि सेमो कामिआले एकै ओभरमा उत्कृष्ट बलिङ प्रर्दशन गर्दै खेलको नक्सा परिवर्तन गरेका थिए ।

ओपनर कुशल भुर्तेलले २२ बलमा २५ रन बनाए । उनले ५ चौका प्रहार गरे । रोहित पौडेल २ रनमै आउट भए पनि दीपेन्द्रसिंह ऐरी र आसिफ शेख ब्याटिङ गरिरहँदा नेपाल राम्रो स्कोरतर्फ अगाडि बढेको थियो ।

कामिआले एकै ओभरमा ३ विकेट लिएर पीएनजीलाई खेलमा फर्काएका थिए । उनले शेख दाजु भाई आसिफ र आरिफसहित दीलिप नाथलाई आउट गरे । आसिफले २९ बल खेली १ छक्कासहित २९ रन बनाए । आरिफ र दीलिप २/२ बल खेल्दै शून्यमा आउट भए ।

दीपेन्द्रले नेपालबाट सर्वाधिक ५४ रन बनाए । उनले ३८ बल खेली ५ चौका प्रहार गरे । आफ्नो इनिङ्सका क्रममा दीपेन्द्र ट्वान्टी २० अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने खेलाडी बने । मोहम्मद आदिल अलामले १३ बलमा १ चौका र १ छक्कासहित १५ रन बनाए ।

दीपेन्द्र र करण केसीले २४ बलमा ५४ रनको अविजित साझेदारी गरे । करण १२ बलमा ५ चौका र १ छक्का प्रहार गरी ३३ रनमा अविजित रहे ।

नेपाल अपराजित रहि फाइनल खेलेको थियो । नेपालले राउन्ड रोबिनका चार खेलमा पीएनजी र मलेसियालाई २/२ पटक पराजित गरेको थियो । पीएनजीसँगको दुई खेलमा नेपालले क्रमशः १५ र ३७ रनको विजय हात पारेको थियो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago