काठमाडौं: नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकका सीइओहरुलाई बोलाएका छ । सोमबार दिउँसो राष्ट्र बैंकको बैंक सुपरिभिजन विभागले कुनै पनि विषय उल्लेख नगरी अर्जेन्ट भन्दै बोलाएको हो ।
बालुवाटारस्थित राष्ट्र बैंकको नियमन विभागको हलमा सीइओहरुलाई ३ः४५ बजेका लागि बोलाइएको सीइओहरुले क्लिकमाण्डूलाई बताए ।
‘सुपरिभिजन विभागबाट फोन र म्यासेज आएको थियो, सोमबरा अपरान्ह ३ः४५ बजे बालुवाटारस्थित नियमन विभागको हलमा बोलाइएको छ,’ एक बैंकका सीइओले भने, ‘के विषयमा छलफल गर्न भनेर विषय भने उल्लेख गरिएको छैन ।’
राष्ट्र बैंकका अनुसार विद्यमान विषम परिस्थितिमा कसरी अघि बढ्ने भनेर सीइओहरुसँग छलफल गर्नका लागि बोलाइएको हो ।
बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभाव झन् गरिहिँदै गएको छ । निर्यात र आयातको सन्तुलन नमिल्दा अर्थतन्त्र झनै संकटतर्फ गइरहेको छ ।
समयमै सचेत नहुने हो भने श्रीलंकाले भोगेको नियति भोग्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।
‘राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति गंभीर बन्दै गएकाले अब कसरी अघिबढ्ने भन्ने विषयमा घनिभूत छलफल गर्न बोलाइएको हुनसक्छ,’ एक सीइओले भने ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…