काठमाडौं: नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकका सीइओहरुलाई बोलाएका छ । सोमबार दिउँसो राष्ट्र बैंकको बैंक सुपरिभिजन विभागले कुनै पनि विषय उल्लेख नगरी अर्जेन्ट भन्दै बोलाएको हो ।
बालुवाटारस्थित राष्ट्र बैंकको नियमन विभागको हलमा सीइओहरुलाई ३ः४५ बजेका लागि बोलाइएको सीइओहरुले क्लिकमाण्डूलाई बताए ।
‘सुपरिभिजन विभागबाट फोन र म्यासेज आएको थियो, सोमबरा अपरान्ह ३ः४५ बजे बालुवाटारस्थित नियमन विभागको हलमा बोलाइएको छ,’ एक बैंकका सीइओले भने, ‘के विषयमा छलफल गर्न भनेर विषय भने उल्लेख गरिएको छैन ।’
राष्ट्र बैंकका अनुसार विद्यमान विषम परिस्थितिमा कसरी अघि बढ्ने भनेर सीइओहरुसँग छलफल गर्नका लागि बोलाइएको हो ।
बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभाव झन् गरिहिँदै गएको छ । निर्यात र आयातको सन्तुलन नमिल्दा अर्थतन्त्र झनै संकटतर्फ गइरहेको छ ।
समयमै सचेत नहुने हो भने श्रीलंकाले भोगेको नियति भोग्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।
‘राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति गंभीर बन्दै गएकाले अब कसरी अघिबढ्ने भन्ने विषयमा घनिभूत छलफल गर्न बोलाइएको हुनसक्छ,’ एक सीइओले भने ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…