ग्वाङखोलामा बन्दै गरेको पुल भत्कियो

सिन्धुली: बेमौसमी वर्षापछि सदरमुकाम सिन्धुलीमाडीको ग्वाङखोलामा आइतबार राति आएको बाढीले निर्माणको अन्तिम चरणमा रहेको पक्की पुल भत्काएको छ । कमलामाई नगरपालिका वडा नं ६ को माढीबजार पुछार र वडा नं ५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल ग्वाङखोलाको बाढीले भत्काएको हो ।
ढलानको तयारीमा रहेको पुलका सबै संरचना भत्काएको निर्माण कम्पनी जनाएको छ । खोलामा पानी निकासका लागि राखिएको सानो ह्यूम पाइप पर्याप्त नहुँदा बाढीले पुलका संरचना भत्काएको हो ।
पुल भत्कँदा करिब तीन करोडको क्षति भएको आंकलन निर्माण कम्पनी देवीरमण जेभीका प्राविधिकले गरेका छन् । ‘आइतबार दिनभर मौसम सामान्य नै थियो,’ जेभीका प्रोजेक्ट म्यानेजर कुमार रिजालले भने, ‘वर्षा लागकै थिएन, चैत्र महिनामा नै यति ठूलो बाढी आउला भनेर आकलन नगर्दा ठूलो क्षति भयो ।’

तीन दिनपछि पुल ढलानका लागि सबै तयारी पूरा हुन लागेको रिजालले बताए । वाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा दुई वर्षअघि निर्माण सुरु भएको पुलको लागत पाँच करोड ४१ लाख रहेको छ ।
योसँगै केही महिनापछि नै पुलबाट वारपार गर्ने कारागार क्षेत्रका बासिन्दाको सपना धकेलिएको छ । खोलाको निकासका लागि पर्याप्त ठाउँ नराख्दा ठूलो क्षति भएको स्थानीयले जनाएका छन् ।

‘खोलाको निकास सानो भयो, बाढी ठूलो आयो । त्यै भएर पुल भत्कियो,’ स्थानीय रामप्रसाद देवकोटाले भने, ‘खोला थुनेर काम गर्दा यो क्षति भयो । अबचैं पुल बन्ला र खोला बाढीमा हेलिनु नपर्ला भनेको फेरि अब कति वर्षलाई धकेलिने हो ?’

पुलले ह्यूम पाइप राखेर निकास नहुँदा स्थानीयको घरमासमेत बाढी पसेको थियो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago