अभिभावकबाटै अस्वीकार गरेपछि कसको के लाग्छ ?

काँकडभिट्टा: १७ वर्षीया किशोरी ९ कक्षामा पढ्दै थिइन् । कोरोना महामारीले करिब वर्ष दिन पढाइ डामाडोल भयो । महामारीको दोस्रो लहर सुरु हुन लाग्दा परीक्षा नै नदिई उनी कक्षा १० पुगिन् । त्यसपछि पनि स्कुल लाग्ने या नलाग्ने अन्योल थियो । उनी भने मेची तरेर भारत लागिन् । ‘घरको अवस्था कमजोर थियो, कमाउन भनेर घरबाट हिँडें,’ उनले सुनाइन् ।
ती किशोरी दिदीसँगै भारत गएकी थिइन् । सीमापारि नक्सलबारीका एक चिनारु युवकले दक्षिण भारत तामिलनाडुको एउटा कपडा कारखानामा काम पाइने र तलब पनि मनग्य हुने बताएका थिए । तिनै युवकको भर परेर दिदीबहिनीले फागुन अन्तिम साता नक्सलबारीबाट रेल चढेका थिए । तीन दिन र तीन रातको लामो र सकसपूर्ण यात्रा तय गरेर तामिलनाडु पुगे । डेरा खोजेर तीनै जना सँगै बसे । करिब १०, १५ दिनपछि कपडा कारखानामा काम पनि मिल्यो । तलब पनि ठीकै थियो ।
केही दिन सँगै काम गरेपछि दिदी घर फर्किइन् । ‘मलाई पनि दिदीले फर्किनुपर्छ भन्नुभएको थियो तर फर्किनै मन लागेन, कमाएर मात्रै फर्किन्छु भन्ने भयो’, किशोरीले सुनाइन् । उनी तिनै युवकको आड–भरोसामा बसिन् । अहिले भने उनलाई आफ्नो निर्णयप्रति ठूलो पश्चात्ताप छ । ‘दिदी हिँडेपछि त्यो मान्छेले मलाई पटक–पटक बलात्कार गर्‍यो, कुटपिट गर्‍यो,’ उनले भक्कानिँदै सुनाइन्, ‘पाँच महिना त धेरै पीडा सहेर बस्नुपर्‍यो ।’ आठ महिनाको गर्भ बोकेर फर्किएकी उनलाई अभिभावकले जिम्मा लिन मानेको छैन ।

भारतकै केही गैरसरकारी संस्थाको पहलमा उनलाई उद्धार गरेर सिलिगुडीको एउटा पुनःस्थापना केन्द्रमा राखिएको थियो । त्यहाँ करिब ७ महिना बिताएपछि कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको पहलमा विश्व सेवा विस्तार नामक सामाजिक संस्थाले उद्धार गरेर नेपाल ल्यायो तर घर पठाइएको छैन ।

हामीले उद्धार गरेर ल्यायौं, अभिभावकले घर लैजान मानेनन्,’ विश्व सेवा विस्तारका फिल्ड अफिसर इन्द्र बस्नेतले भने । अपरिचित मान्छेको गर्भ बोकेर आएकी भन्दै घर परिवारले अस्वीकार गर्दा ती किशोरी थप मानसिक पीडामा रहेको उनले बताए । किशोरीको अहिले ८ महिनाको गर्भ छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago