काँकडभिट्टा: १७ वर्षीया किशोरी ९ कक्षामा पढ्दै थिइन् । कोरोना महामारीले करिब वर्ष दिन पढाइ डामाडोल भयो । महामारीको दोस्रो लहर सुरु हुन लाग्दा परीक्षा नै नदिई उनी कक्षा १० पुगिन् । त्यसपछि पनि स्कुल लाग्ने या नलाग्ने अन्योल थियो । उनी भने मेची तरेर भारत लागिन् । ‘घरको अवस्था कमजोर थियो, कमाउन भनेर घरबाट हिँडें,’ उनले सुनाइन् ।
ती किशोरी दिदीसँगै भारत गएकी थिइन् । सीमापारि नक्सलबारीका एक चिनारु युवकले दक्षिण भारत तामिलनाडुको एउटा कपडा कारखानामा काम पाइने र तलब पनि मनग्य हुने बताएका थिए । तिनै युवकको भर परेर दिदीबहिनीले फागुन अन्तिम साता नक्सलबारीबाट रेल चढेका थिए । तीन दिन र तीन रातको लामो र सकसपूर्ण यात्रा तय गरेर तामिलनाडु पुगे । डेरा खोजेर तीनै जना सँगै बसे । करिब १०, १५ दिनपछि कपडा कारखानामा काम पनि मिल्यो । तलब पनि ठीकै थियो ।
केही दिन सँगै काम गरेपछि दिदी घर फर्किइन् । ‘मलाई पनि दिदीले फर्किनुपर्छ भन्नुभएको थियो तर फर्किनै मन लागेन, कमाएर मात्रै फर्किन्छु भन्ने भयो’, किशोरीले सुनाइन् । उनी तिनै युवकको आड–भरोसामा बसिन् । अहिले भने उनलाई आफ्नो निर्णयप्रति ठूलो पश्चात्ताप छ । ‘दिदी हिँडेपछि त्यो मान्छेले मलाई पटक–पटक बलात्कार गर्यो, कुटपिट गर्यो,’ उनले भक्कानिँदै सुनाइन्, ‘पाँच महिना त धेरै पीडा सहेर बस्नुपर्यो ।’ आठ महिनाको गर्भ बोकेर फर्किएकी उनलाई अभिभावकले जिम्मा लिन मानेको छैन ।
भारतकै केही गैरसरकारी संस्थाको पहलमा उनलाई उद्धार गरेर सिलिगुडीको एउटा पुनःस्थापना केन्द्रमा राखिएको थियो । त्यहाँ करिब ७ महिना बिताएपछि कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको पहलमा विश्व सेवा विस्तार नामक सामाजिक संस्थाले उद्धार गरेर नेपाल ल्यायो तर घर पठाइएको छैन ।
हामीले उद्धार गरेर ल्यायौं, अभिभावकले घर लैजान मानेनन्,’ विश्व सेवा विस्तारका फिल्ड अफिसर इन्द्र बस्नेतले भने । अपरिचित मान्छेको गर्भ बोकेर आएकी भन्दै घर परिवारले अस्वीकार गर्दा ती किशोरी थप मानसिक पीडामा रहेको उनले बताए । किशोरीको अहिले ८ महिनाको गर्भ छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…