धादिङ : धादिङको नीलकण्ठ गाउँपालिका–८ रामकोटमा ब्रतबन्धको निम्तामा आएकालाई शुक्रबार एउटा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
निम्ता मानेर आफ्ना घर फर्किन लाग्दा रोकेर राखिएको ट्रकले स्टार्ट गर्ने क्रममा ती मानिस र स्कुटर तथा मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा ज्वालामूखी गाउँपालिका–५ की ४० वर्षीय डिलमायाँ आलेमगरको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सो घटनामा घाइते चार जनाको उपचार भइरहेको र अरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी जागेश्वर भण्डारीले जानकारी दिए । दुर्घटनापछि निम्तामा आएकाले घाइतेको उद्धार गरी धादिङ अस्पतालमा उपचारका लागि पुर्याएका थियो । रासस
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…