काठमाडौँ: बैंकहरुमा अहिले पैसाको अभाव छ । पैसा नहुँदा बैंकहरुले ऋण उपलब्ध गराउन सकेका छैनन् । बैंकले ऋण उपलब्ध गर्न नसक्दा नयाँ उद्योग तथा व्यवसाय गर्न चाहनेले लगानी गर्न पाएका छैनन् ।

बैंकहरुसँग पैसाको अभाव भइरहँदा विलासिताका वस्तु खरिदमा भने खर्बौं रुपैयाँ देशबाट बाहिरिएको पाइएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो सात महनामा विलासिताका वस्तु खरिदमा मात्र नेपालबाट तीन खर्बभन्दा बढी रकम बाहिरिएको छ । यो रकम २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा बाहिरिएको हो ।

विभागका अनुसार पछिल्लो सात महिनामा मात्र नेपालले डिजेल खरिद गर्दा ७२ अर्ब ९६ करोड १९ लाख ३६ हजार रुपैयाँ भारतलाई बुझाएको छ । सोही अवधिमा नेपालले भारतबाट ३४ अर्ब ६९ करोड ४२ लाख ४६ हजार रुपैयाँको एलपीजी ग्यास खरिद गरेको छ ।

भारतबाटै नेपालले ३३ अर्ब ५६ करोड ५५ लाख ३ हजार रुपैयाँको पेट्रोल चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा खरिद गरेको छ ।

सो अवधिमा विभिन्न देशबाट नेपालले २८ अर्ब ३८ करोड ५६ लाख २७ हजार रुपैयाँको मोबाइल फोन ल्याएको विभागको तथ्याङ्कले देखाउँछ ।

पछिल्लो सात महिनामा मात्र टर्की र युनाइटेड अरब इमिरेट्स (युएई) बाट नेपालमा २५ अर्ब २१ करोड ६८ लाख ३१ हजार रुपैयाँको सुन भित्रिएको छ । सोही अवधिमा विभिन्न देशबाट १२ अर्ब ६९ करोड ४२ लाख ५४ हजार रुपैयाँको चाँदी नेपाल आएको छ ।

बितेका सात महिनामा नेपालमा ७ अर्ब ८० करोड ३ लाख ६५ हजार रुपैयाँको ल्यापटप तथा नोटबुक भित्रिएका छन् ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको हालसम्म ३३ अर्ब २० करोड ८३ लाख रुपैयाँका बिभिन्न गाडी, मोटरसाइकल, स्कुटर नेपाल भित्रिएका छन् । सो समयमा ३ अर्ब ४३ करोड ५४ लाख २३ हजार रुपैयाँको विद्युतीय काररजिप नेपालले खरिद गरेको छ ।

पछिल्लो सात महिनामा इन्टरनेटको राउटर मात्र नेपालले २ अर्ब ७४ करोड ९६ लाख ९० हजार रुपैयाँको खरिद गरेको छ । उक्त अवधिमा २ अर्ब ३७ करोड १ लाख ७२ हजार रुपैयाँको वासिङ मेसिन नेपाल भित्रिएका छन् । सोही समयमा २ अर्ब १६ करोड १५ लाख ७५ हजार रुपैयाँको टेलिभिजन सेट नेपाल आएका छन् ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago