आधाभन्दा धेरै घट्यो विद्युत् उत्पादन

इलाम र पाँचथरका जलविद्युत् आयोजनाको उत्पादन आधाभन्दा धेरै घटेको छ। हिउँद याममा खोलामा पानीको मात्रा कम भएपछि विद्युत् उत्पादन घटेको हो।

गोदकस्थित विद्युत् सब–स्टेसनमा अहिले इलामका १० जलविद्युत् आयोजनाबाट ३७ मेगावाट उत्पादन भइरहेको छ। आयोजनाहरूको कुल क्षमता ९७ मेगावाट रहेपनि विद्युत् उत्पादन आधाभन्दा थोरै भइरहेको सब–स्टेसनका इलेक्ट्रिकल फम्र्यान महेशकुमार शाहले बताए।

उनका अनुसार २५.८ मेगावाट क्षमताको पञ्चकन्या जलविद्युत् आयोजनाबाट ५ मेगावाट उत्पादन हुँदैछ। २९ मेगावाटको सानिमा माईबाट ७.८, १२ मेगावाटको सगरमाथाबाट २.९, ९.५ मेगावाटको माइबेनीबाट २.१ / ६.२ मेगावाटको तल्लो जोगमाईबाट १.१ मेगावाट, ७.६ मेगावाटको जोगमाईबाट १.२ /६.२ मेगावाटको पुवाखोलाबाट २.४ मेगावाट उत्पादन भइरहेको छ। पाँचथरको फिदिमबाट पनि १/२ मेगावाट विद्युत् गोदकस्थित सब–स्टेसनमा आउने गरेको छ। पाँचथरका आयोजनाको उत्पादन भने यहाँबाहेक अरू स्टेसनमा पनि जान्छ।

यहाँ संकलन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिन्छ। यहाँबाट दानाबारी र नयाँबजारस्थित स्थानीय फिडर तथा तिल्केनी सब–स्टेसनमा पनि विद्युत् पठाइनेगरेको उनले जनाए। तर, इलामकै दोलखा जलविद्युत् आयोजनाको विद्युत् उत्पादन तिल्केनी सब–स्टेसनमा जोडिएको छ। १ मेगावाटको दोलखा क्यासकेडको उत्पादन भने गत कात्तिकको बाढी–पहिरोले बन्द छ। जोशी र पुवाखोला–१ जलविद्युत् आयोजनाको उत्पादन चाहिँ तिल्केनीमा जोडिएको छ।

गतवर्षको यही समयको तुलनामा चाहिँ अहिले विद्युत् उत्पादन बढेको उनले बताए। ‘पोहोर यतिबेला १६/१७ मेगावाट उत्पादन थियो,’ उनले भने, ‘यसबीचमा अरू जलविद्युत् आयोजनाको उत्पादन पनि यहाँ जोडियो। तर, त्यसलाई घटाउँदा पनि पोहोरको तुलनामा अहिले उत्पादन बढेकै देखिन्छ।’ गतवर्षभन्दा यो वर्ष खोलामा पानीको मात्र बढी भएकाले उत्पादन पोहोरको तुलनामा थपिएको शाहले बताए।

बर्खायाममा आयोजनाहरूले क्षमताभन्दा बढी पनि उत्पादन गर्छन्। हिउँदमा भने उत्पादन कम हुन्छ। आयोजनाहरूले नेपाल विद्युत् प्राधिकरणलाई मासिक रूपमा उत्पादन गर्नसक्ने विद्युत्को समेत सम्झौता गरेका हुन्छन् । हिउँदमा थोरै र बर्खाका बढी विद्युत् उत्पादन हुने भएकाले त्यहीअनुसार मासिक सम्झौता हुनेगरेको तल्लो जोगमाई जलविद्युत् आयोजनाका एक कर्मचारीले जानकारी दिए।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago