आधाभन्दा धेरै घट्यो विद्युत् उत्पादन

इलाम र पाँचथरका जलविद्युत् आयोजनाको उत्पादन आधाभन्दा धेरै घटेको छ। हिउँद याममा खोलामा पानीको मात्रा कम भएपछि विद्युत् उत्पादन घटेको हो।

गोदकस्थित विद्युत् सब–स्टेसनमा अहिले इलामका १० जलविद्युत् आयोजनाबाट ३७ मेगावाट उत्पादन भइरहेको छ। आयोजनाहरूको कुल क्षमता ९७ मेगावाट रहेपनि विद्युत् उत्पादन आधाभन्दा थोरै भइरहेको सब–स्टेसनका इलेक्ट्रिकल फम्र्यान महेशकुमार शाहले बताए।

उनका अनुसार २५.८ मेगावाट क्षमताको पञ्चकन्या जलविद्युत् आयोजनाबाट ५ मेगावाट उत्पादन हुँदैछ। २९ मेगावाटको सानिमा माईबाट ७.८, १२ मेगावाटको सगरमाथाबाट २.९, ९.५ मेगावाटको माइबेनीबाट २.१ / ६.२ मेगावाटको तल्लो जोगमाईबाट १.१ मेगावाट, ७.६ मेगावाटको जोगमाईबाट १.२ /६.२ मेगावाटको पुवाखोलाबाट २.४ मेगावाट उत्पादन भइरहेको छ। पाँचथरको फिदिमबाट पनि १/२ मेगावाट विद्युत् गोदकस्थित सब–स्टेसनमा आउने गरेको छ। पाँचथरका आयोजनाको उत्पादन भने यहाँबाहेक अरू स्टेसनमा पनि जान्छ।

यहाँ संकलन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिन्छ। यहाँबाट दानाबारी र नयाँबजारस्थित स्थानीय फिडर तथा तिल्केनी सब–स्टेसनमा पनि विद्युत् पठाइनेगरेको उनले जनाए। तर, इलामकै दोलखा जलविद्युत् आयोजनाको विद्युत् उत्पादन तिल्केनी सब–स्टेसनमा जोडिएको छ। १ मेगावाटको दोलखा क्यासकेडको उत्पादन भने गत कात्तिकको बाढी–पहिरोले बन्द छ। जोशी र पुवाखोला–१ जलविद्युत् आयोजनाको उत्पादन चाहिँ तिल्केनीमा जोडिएको छ।

गतवर्षको यही समयको तुलनामा चाहिँ अहिले विद्युत् उत्पादन बढेको उनले बताए। ‘पोहोर यतिबेला १६/१७ मेगावाट उत्पादन थियो,’ उनले भने, ‘यसबीचमा अरू जलविद्युत् आयोजनाको उत्पादन पनि यहाँ जोडियो। तर, त्यसलाई घटाउँदा पनि पोहोरको तुलनामा अहिले उत्पादन बढेकै देखिन्छ।’ गतवर्षभन्दा यो वर्ष खोलामा पानीको मात्र बढी भएकाले उत्पादन पोहोरको तुलनामा थपिएको शाहले बताए।

बर्खायाममा आयोजनाहरूले क्षमताभन्दा बढी पनि उत्पादन गर्छन्। हिउँदमा भने उत्पादन कम हुन्छ। आयोजनाहरूले नेपाल विद्युत् प्राधिकरणलाई मासिक रूपमा उत्पादन गर्नसक्ने विद्युत्को समेत सम्झौता गरेका हुन्छन् । हिउँदमा थोरै र बर्खाका बढी विद्युत् उत्पादन हुने भएकाले त्यहीअनुसार मासिक सम्झौता हुनेगरेको तल्लो जोगमाई जलविद्युत् आयोजनाका एक कर्मचारीले जानकारी दिए।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago