गाईघाट तनावग्रस्त, गर्भवतीको मृत्यु

उदयपुर: जिल्ला अस्पताल उदयपुर गाईघाट तनावग्रस्त बन्न पुगेको छ । अस्पतालमा शुक्रबार बिहान गर्भवती महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन ।

अस्पतालमा केही दिन अघि सुत्केरी गराउन ल्याएकी उदयपुरगढी गाउँपालिका- ६ नेपालटारकी ३२ वर्षीय गर्भवती महिला सीता राउत कार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।

तर, मृतकका आफन्तले भने स्वास्थ्यकर्मीको लापरबाहीले सीताको मृत्यु भएको भन्दै अस्पताल तोडफोड गरेका हुन । गर्भवती सीताको उपचार अभावमा मृत्यु भएको उनको आफन्तले आरोप लगाएका छन् । गत १७ फागुनमा नै सुत्केरी गराउन जिल्ला अस्पताल गाईघाट ल्याएकी उनको उपचार नपाएरै मृत्यु भएको श्रीमान् अर्जुन कार्कीले बताए ।

जिल्ला अस्पतालका डाक्टरहरूले १७ फागुनदेखि नै नर्मल डेलिभरी हुन्छ भन्दा भन्दै राखेर श्रीमतीको उपचार नै नपाएर मृत्यु भएको श्रीमान कार्कीले आरोप लगाए । `नर्मल हुन्छ किन बाहिर लैजान्छौ भनेर राखे । तर, अहिले श्रीमतीको मृत्यु भयो,` कार्कीले भने।

पीडितका आफन्तले अस्पतालको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड गरेका हुन् । अस्पताल तोडफोडपछि अस्पतालबाट दिइँदै आएको सम्पूर्ण सेवा बन्द भएको छ ।

ओपिडि चलिरहेको समयमा एक्कासि तोडफोड हुन गएपछि अस्पताल पुगेका सर्वसाधारणको भागाभाग भएको छ । अस्पतालका चिकित्सकले भने गर्भवतीको अवस्था खराब रहेकाले तत्काल अप्रेसन गर्न आग्रह गर्दा मृतकका आफन्तले नमानेका कारण सीताको मृत्यु हुन पुगेको बताउँछन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago