उदयपुर: जिल्ला अस्पताल उदयपुर गाईघाट तनावग्रस्त बन्न पुगेको छ । अस्पतालमा शुक्रबार बिहान गर्भवती महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन ।
अस्पतालमा केही दिन अघि सुत्केरी गराउन ल्याएकी उदयपुरगढी गाउँपालिका- ६ नेपालटारकी ३२ वर्षीय गर्भवती महिला सीता राउत कार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।
तर, मृतकका आफन्तले भने स्वास्थ्यकर्मीको लापरबाहीले सीताको मृत्यु भएको भन्दै अस्पताल तोडफोड गरेका हुन । गर्भवती सीताको उपचार अभावमा मृत्यु भएको उनको आफन्तले आरोप लगाएका छन् । गत १७ फागुनमा नै सुत्केरी गराउन जिल्ला अस्पताल गाईघाट ल्याएकी उनको उपचार नपाएरै मृत्यु भएको श्रीमान् अर्जुन कार्कीले बताए ।
जिल्ला अस्पतालका डाक्टरहरूले १७ फागुनदेखि नै नर्मल डेलिभरी हुन्छ भन्दा भन्दै राखेर श्रीमतीको उपचार नै नपाएर मृत्यु भएको श्रीमान कार्कीले आरोप लगाए । `नर्मल हुन्छ किन बाहिर लैजान्छौ भनेर राखे । तर, अहिले श्रीमतीको मृत्यु भयो,` कार्कीले भने।
पीडितका आफन्तले अस्पतालको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड गरेका हुन् । अस्पताल तोडफोडपछि अस्पतालबाट दिइँदै आएको सम्पूर्ण सेवा बन्द भएको छ ।
ओपिडि चलिरहेको समयमा एक्कासि तोडफोड हुन गएपछि अस्पताल पुगेका सर्वसाधारणको भागाभाग भएको छ । अस्पतालका चिकित्सकले भने गर्भवतीको अवस्था खराब रहेकाले तत्काल अप्रेसन गर्न आग्रह गर्दा मृतकका आफन्तले नमानेका कारण सीताको मृत्यु हुन पुगेको बताउँछन् ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…