लमजुङ: कल्मेडाँडा नजिकै १० घर थिए । २०५६ तिर तत्कालीन विद्रोही माओवादी र शाही नेपाली सेनाले गाउँमा आएर अनेकन दुःख दिन थाले । असुरक्षित महसुस गरी गाउँले सबै विस्थापित भए । कोही हिलेटक्सार, कोही तनहुँको बाइसजाँगर, कोही तल्लो गाउँ भुस्मे झरे । त्यसपछि उनीहरू गाउँ फर्केनन् । अमेरिका बस्ने भुस्मेका जीतबहादुर तामाङले द्वन्द्वका कारण विस्थापित गाउाँमा शान्ति डाँडा (पिस हिल) निर्माण गर्ने अठोट लिए । २ दशक बढी अमेरिका बसेका उनी गाउँ फर्किएर पिस हिल निर्माण थाले ।

बेंसीसहर–१० कल्मेडाँडामा नजिकै मर्स्याङ्दी–८ भुस्मेका ५७ वर्षीय तामाङले झकिझकाउ बनाएका छन् । अहिले उक्त ठाउँमा दैनिक पर्यटक आउँछन् । फोटो, भिडियो बनाएर पोस्ट गर्छन् । टिकटक बनाउँछन् । केहीले भ्लगसमेत बनाएका छन् । साढे २ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको पिस हिल स्टेसनको बुधबार एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले उद्घाटन गरे ।

तामाङले १४ रोपनीमा पिस हिल स्टेसन तयार पारेका हुन । नजिकै ५५ रोपनीमा स्याउ, किबी, तरकारीलगायतको खेती गरेका छन् । शान्ति डाँडामा उनले हिमालको चित्र कोरेका छन् । नेपाल र शान्तिको झन्डा फहराएका छन् । भगवान् गौतमबुद्धको ठूलो प्रतिमा राखिएको छ ।

सरदार भक्ति थापा, राष्ट्रकवि माधवप्रसाद घिमिरे, भूगोलविद् डा. हर्क गुरुङ र आफ्नो बुबा कमानसिंह तामाङको अर्धकदको सालिक राखेका छन् । पशुपतिनाथ, गुम्बा, चर्च र मस्जिदको नमुना राखिएका छन् । फोटो र भिडियो खिच्नेका लागि आकर्षक पार्क र विभिन्न चिह्न निर्माण गरेका छन् । ‘यो एउटा विस्थापित ठाउँ हो । कुनै बेला अशान्ति भएको ठाउँ हो । म यही ठाउँलाई शान्ति क्षेत्र बनाउँछु भनी अमेरिकाबाट फर्किएको हुँ,’ तामाङले भने, ‘म यहाँ कमाउन आएको होइन । कमाउनलाई अमेरिका नै ठीक छ । गाउँठाउँको माया लागेर फर्किएको हुँ । केही गरौं भन्ने अठोट हो ।’

पिस हिलका प्रबन्धक होमलाल लामाका अनुसार समुद्री सतहदेखि १ हजार ९ सय ६५ मिटर उचाइको उक्त ठाउँ घुम्न आउनेका लागि उनले २ वटा एट्याच बाथरुमसहितको कोठा निर्माण गरेका छन् । ठूलासाना गरी ५ वटा अन्य कोठा छन् । ४ वटा कोठा थप्ने तयारी छ । टेन्टको व्यवस्था छ । ‘एकैपटक ९२ जनासम्म पर्यटकलाई व्यवस्थापन गरेका छौं,’ उनले भने, ‘यति नै क्षमता हो भनेर भन्ने अवस्था छैन ।’ सोलार जडान गरिएको र हाइस्पिडको इन्टरनेट सेवा छ । यसलाई ‘रिसोर्ट’ को अवधारणाबाट अघि बढाइएको उनले बताए ।

तामाङका अनुसार पिस हिल आउनेलाई सांस्कृतिक कार्यक्रम देखाइने गरिन्छ । फिल्म सुटिङका लागि राम्रो स्थल रहेको उनले सुनाए । आँखै अगाडि लमजुङ, अन्नपूर्ण, माछापुच्छ्रे, ङादीचुली, डा. हर्क हिमाल, मनास्लुलगायतका दर्जन हिमशृंखला देख्न सकिने उनले बताए । मौसममा लालीगुराँस, मर्स्याङ्दीको नागबेली, बेंसीसहरबजार, छिमेकी मनाङ, कास्की, तनहुँ, स्याङ्जा, गोरखा, नवलपुरका डाँडाकाँडा देख्न सकिने उनले बताए ।

एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार धेरैको सपनाको सहर अमेरिकाबाट आफ्नो गाउँ फर्केर पर्यटन विकासमा धेरै जना आकर्षित भइरहेको बताए । यसले गाउँलेलाई गाउँ पनि रोजगारी दिन्छ । ‘जीत तामाङ एउटा उदाहरण हो । कति नेपाली अमेरिकाबाट फर्केर आफ्नै गाउँठाउँ आउन खोजिरहेका छन्,’ उनले भने, ‘विदेशको सीप, अनुभव, काम गर्ने तौरतरिका र आम्दानी लिएर मातृभूमिको सेवा आउनेलाई प्रशंसा गर्नुपर्छ ।’

पर्यटकीय बाह्रापोखरी (बराहपोखरी) जाने ठाउँ पनि भएकाले पिस हिल उक्त पदमार्गमा पर्छ । उक्त पदमार्गका लागि मर्स्याङ्दी गाउँपालिकाले २ लाख बजेट विनियोजन गरेको छ । बेंसीसहर नगरपालिकाले यसअघि नै २ लाख बजेट विनियोजन गरी कार्यान्वयन गरिसकेको छ । बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल र मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले पदमार्ग निर्माणमा जोड दिँदै बजेट विनियोजन गरिने बताए । पिस हिल मर्स्याङ्दी गाउँपालिका र बेंसीसहर नगरपालिकाको सीमाक्षेत्रमा पर्छ । मर्स्याङ्दी गाउँपालिकाको बाटो सहज हुने भएकाले पर्यटक बेंसीसहरबाट ४५ मिनेटदेखि १ घण्टाको बाटो भुस्मेसम्म सवारीसाधनको यात्रा गर्छन् । त्यसपछि उत्तिकै समय लगाएर पैदल पिस हिल पुग्छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago