तेलको हाहाकार निश्चित, पेट्रोल व्यवसायीले ढुवानी बन्द गरे

काठमाडौँ: इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको झोंकमा पेट्रोलियम व्यवसायीहरुले अत्यावश्यक वस्तुको रुपमा रहेको इन्धन ढुवानी बन्द गरेका छन् । नेपाल आयल निगमले बिहीबार रातिबाट इन्धनको मूल्य बढाए पनि प्रतिशतमा बिक्रेतालाई दिइँदै आएको कमिसन पुरानै यथावत् राख्ने निर्णय गरेपछि व्यवसायीहरुले देशभर नै इन्धन ढुवानी बन्द गरेका हुन्।

बिक्रेता कमिसन यथावत राखेको भन्दै निजी पम्पहरुले तेल उठाएका छैनन । अहिलेसम्मको अवस्थामा सेना, प्रहरी, ससस्त्र प्रहरी र साझा पेट्रोल पम्पले मात्रै इन्धन लोड गरेका छन,’ थानकोट डिपो प्रमुख शैलेन्द्र भुसालले भने, ‘निजी पम्पहरुको ट्याङकर आएपनि इन्धन लोड गरेका छैनन् । व्यवसायीहरुले देशभर तेल उठाएका छैनन् ।’

पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले देशभरका प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) जारी नभएको पुष्टि गरे । ‘बिक्रेता कमिसनको क्यालकुलेसन मिलेको छैन, उहाँहरुले मिलाउदै हुनुहुन्छ । त्यही भएर इन्धन ढुवानी गर्नका लागि देशभरको पीडीओ जारी भएको छैन,’ उनले भने ।

निगमका निमित्त नायव कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार बिक्रेताहरुले मूल्य वृद्धिको आधारमा प्रतिलिटर ३.१४ प्रतिशत कमिसन पाउँदै आएका थिए । बिहीबार रातिदेखि देखि नयाँ मूल्य लागू भएपछि प्रतिशतको आधारमा कमिसन वृद्धि हुँदा व्यवसायीलाई प्रतिलिटरमा थप ०.१५ पैसा कमिसन दिनुपर्थ्यो । तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दैनिक उकालो लाग्दा निगमको नोक्सानी चुलिएको छ । जसले गर्दा निगम सञ्चालक समितिले बिक्रेता कमिसन हाललाई फागुन ७ गते कायम भए अनुसार नै यथावत राख्ने निर्णय गरेको थियो । त्यसको विरोधमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले डिपोबाट इन्धन ढुवानी रोकेको हो ।

‘इन्धन ढुवानी रोक्न गैरजिम्मेवारी हो । यस्तो अवस्थामा निगमलाई जोगाउन सबैको सहयोग जरुरी छ । निगमले आफ्नो कर्मचारीको पोशाक संरक्षण खर्च समेत कटौती गरेको छ,’ निगमका निमित्त नायव कार्यकारी निर्देशक साहले भने, ‘व्यवसायीहरु पनि जिम्मेवार हुनुपर्छ । सरकारले पनि आफ्नो दायित्व पुरा गर्नुपर्छ ।’

व्यवसायीहरुले इन्धन ढुवानी नगरे अन्य विकल्प प्रयोग गरेर पनि आपूर्ति सहज बनाइने निगमले जनाएको छ । थानकोट डिपोबाट औसतमा दैनिक ७ सय देखि ८ सय किलोलिटर पेट्रोल र १ हजार देखि १ हजार १ सय किलोलिटर डिजेल बिक्री/वितरण हुन्छ । एक दिनको ढुवानी अवरोधले पम्पहरुमा सर्वसाधरणको लाइन बढ्ने जानकार बताउँछन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago