तेलको हाहाकार निश्चित, पेट्रोल व्यवसायीले ढुवानी बन्द गरे

काठमाडौँ: इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको झोंकमा पेट्रोलियम व्यवसायीहरुले अत्यावश्यक वस्तुको रुपमा रहेको इन्धन ढुवानी बन्द गरेका छन् । नेपाल आयल निगमले बिहीबार रातिबाट इन्धनको मूल्य बढाए पनि प्रतिशतमा बिक्रेतालाई दिइँदै आएको कमिसन पुरानै यथावत् राख्ने निर्णय गरेपछि व्यवसायीहरुले देशभर नै इन्धन ढुवानी बन्द गरेका हुन्।

बिक्रेता कमिसन यथावत राखेको भन्दै निजी पम्पहरुले तेल उठाएका छैनन । अहिलेसम्मको अवस्थामा सेना, प्रहरी, ससस्त्र प्रहरी र साझा पेट्रोल पम्पले मात्रै इन्धन लोड गरेका छन,’ थानकोट डिपो प्रमुख शैलेन्द्र भुसालले भने, ‘निजी पम्पहरुको ट्याङकर आएपनि इन्धन लोड गरेका छैनन् । व्यवसायीहरुले देशभर तेल उठाएका छैनन् ।’

पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले देशभरका प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) जारी नभएको पुष्टि गरे । ‘बिक्रेता कमिसनको क्यालकुलेसन मिलेको छैन, उहाँहरुले मिलाउदै हुनुहुन्छ । त्यही भएर इन्धन ढुवानी गर्नका लागि देशभरको पीडीओ जारी भएको छैन,’ उनले भने ।

निगमका निमित्त नायव कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार बिक्रेताहरुले मूल्य वृद्धिको आधारमा प्रतिलिटर ३.१४ प्रतिशत कमिसन पाउँदै आएका थिए । बिहीबार रातिदेखि देखि नयाँ मूल्य लागू भएपछि प्रतिशतको आधारमा कमिसन वृद्धि हुँदा व्यवसायीलाई प्रतिलिटरमा थप ०.१५ पैसा कमिसन दिनुपर्थ्यो । तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दैनिक उकालो लाग्दा निगमको नोक्सानी चुलिएको छ । जसले गर्दा निगम सञ्चालक समितिले बिक्रेता कमिसन हाललाई फागुन ७ गते कायम भए अनुसार नै यथावत राख्ने निर्णय गरेको थियो । त्यसको विरोधमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले डिपोबाट इन्धन ढुवानी रोकेको हो ।

‘इन्धन ढुवानी रोक्न गैरजिम्मेवारी हो । यस्तो अवस्थामा निगमलाई जोगाउन सबैको सहयोग जरुरी छ । निगमले आफ्नो कर्मचारीको पोशाक संरक्षण खर्च समेत कटौती गरेको छ,’ निगमका निमित्त नायव कार्यकारी निर्देशक साहले भने, ‘व्यवसायीहरु पनि जिम्मेवार हुनुपर्छ । सरकारले पनि आफ्नो दायित्व पुरा गर्नुपर्छ ।’

व्यवसायीहरुले इन्धन ढुवानी नगरे अन्य विकल्प प्रयोग गरेर पनि आपूर्ति सहज बनाइने निगमले जनाएको छ । थानकोट डिपोबाट औसतमा दैनिक ७ सय देखि ८ सय किलोलिटर पेट्रोल र १ हजार देखि १ हजार १ सय किलोलिटर डिजेल बिक्री/वितरण हुन्छ । एक दिनको ढुवानी अवरोधले पम्पहरुमा सर्वसाधरणको लाइन बढ्ने जानकार बताउँछन् ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago