तिन दिनमा ११४ अंक घट्यो नेप्से परिसुचक अब के गर्ने ?

काठमाडौँ: यो साता सेयर बजार जम्मा ३ दिन मात्रै खुल्यो । मंगलबार शिवरात्रिका कारण सार्वजनिक विदा परेको थियो भने बिहीबार ल्होसारको विदा दिइएको थियो । तीन दिन खुलेको बजार सबै दिन घटेको छ ।
पहिलो दिन आइतबार परिसूचक नेप्से ७‍‍.७ अंकले घट्यो । सोमबार थप ४३.१० अंकले घट्यो भने बुधबार ६३.५ अंक घट्यो । साताभर कुल ११४ अंकले बजार घटेको छ । कारोबार रकममा पनि शिथिलता आएको छ । आइतबार ३ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ३ अर्ब ६६ करोड र बुधबार ३ अर्ब ६२ करोडको कारोबार भयो ।
पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको हाहाकार नै भएपछि बजारको परिसूचक निरन्तर ओरालो लागेको छ । समग्र एक महिनामा परिसूचक ३२९ अंक घटिसकेको छ । राष्ट्र बैंकले एकपछि अर्को व्यवस्था गर्दै तरलता अभाव र विदेशी मुद्रा सञ्चितिको अवस्था सुधार गर्न खोजेपनि प्रभावकारी हुन सकेको छैन । जसले गर्दा बजार अझै केही घट्ने सक्नेछ ।

उपसमूहगत रुपमा हेर्दा यो साता उत्पादन उपसमूह सबैभन्दा धेरै ६.५९ प्रतिशतले घट्यो । फाइनान्स र जीवन बीमा उपसमूह पनि ६ प्रतिशतले घटे । होटल तथा पर्यटन उपसमूहको गिरावट भने यो साता सम्हालिएको छ । जम्मा २.१८ प्रतिशतले सो उपसमूह घटेको छ । कारोबार रकमका आधारमा कम्पनीहरूलाई हेर्दा नेपाल टेलिकम, अरुणभ्याली हाइड्रोपावर, अपी पावर, नेसनल हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीहरू अगाडि रहे ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago