किसानलाई तत्काल मल, बीउ उपलब्ध गराउन केन्द्रीय संघको मन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं नेपाल कृषि सहकारी केन्द्रीय संघ नेपालले किसानलाई तत्काल माल, बीउ उपलब्ध गराउन केन्द्रीय संघले मन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।

फाइल फोटो

यस संघले आफ्ना सदस्य संस्थाहरूमार्फत सदस्य किसानहरूलाई सीप, क्षमता र व्यावसायिक अभ्यासका लागि सहयोग प्रदान गर्दै आएको छ । यसैगरी संघमा आबद्ध रहेका संस्थाहरूले पनि आफ्ना सदस्य किसानहरूलाई विभिन्न प्रकारका सेवाहरू प्रदान गर्दै कृषि तथा पशुजन्य उत्पादन तथा उत्पादकत्व बढाउन सहयोग गर्दै आएको छ ।
हामीले लामो समयदेखि ग्रामीणतहका किसानहरूलाई कृषि र पशुपालनमा संलग्न गराई उनीहरूको आर्थिक, सामाजिक, सचेतनाको विकास गर्न सहयोग गरिरहेका छौं । यसै समयमा विगत केही वर्षदेखि नेपाल सरकारले मल, बीउलगायत किसानका लागि आवश्यक अन्य कुराहरूको सहज उपलब्धता गराउन नसक्दा अहिले पनि किसानहरू मारमा परिरहेका छन् ।
सरकारले सहकारी संस्थामार्फत मल, बीउ किसानहरूलाई प्रदान गर्ने योजना र कार्यक्रम अगाडि सारेसँग उत्साहित भएका सहकारी संस्था, सञ्चालक र किसानहरू अहिले सहकारीमा मल, बीउ प्राप्त नहुँदा दुखी भएका छन् ।
यसैगरी नेपालको तराई क्षेत्रमा विभिन्न हिंसात्मक समूहको तारो सहकारी संस्था बनिरहेका छन् । अहिले सहकारी संस्थालाई सरकारले मल बीउ उपलब्ध गराउन नसकेको अवस्थामा सहकारीले मल बीउ दिन सकेन भन्ने सन्देश फैलाएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
साथै सहकारी संस्था एउटा माध्ययम मात्र भएको पनि सबैमा जानकारी गराउन चाहन्छौं । सहकारी संस्था आफैं बीउ र मल उत्पादन गर्ने र बिक्री गर्ने कार्यमा संलग्न नभएको भन्दै सरकारले मल बीउ उपलब्ध गराउन नसकिरहेको अवस्थामा संस्थामा आउने, सदस्य किसानहरूलाई भड्काउने कार्य कदावी स्वीकार्य छैन । यसप्रति नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय, प्रदेश सरकार र स्थानीय सरकारको ध्यानाकर्षणसमेत गराउन चाहन्छौं ।
जो जसले अहिले सहकारीले मल, बीउ दिन सकेन भनेर प्रचार गर्ने कार्य गर्नुभएको छ र संस्था एंव सदस्यहरूलाई हतोत्साहित बनाउने कार्य गरेको छ उनीहरूलाई सरकारले पनि सचेत गराउँदै त्यसो नगर्न जानकारी गराओस् भन्ने हामी चाहन्छौं ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ नेपालले ७५ वटा जिल्लामा सञ्जाल विस्तार गरेको छ । यसको ११ सयभन्दा बढी सहकारी संस्था र करिब ४० लाखभन्दा बढी सदस्य रहेको केन्द्रीय संघ हो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago