छिमेक लघुवित्तको नाफा ४९ करोड ८४ लाख, प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ८९ पैसा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको नाफा ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँमा नाफा कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १९ दशमलव ०१ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिमा संस्थाले ६१ करोड ५४ लाख ९३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ र जगेडा कोषमा एक अर्ब २८ करोड १७ लाख ३ हजार रुपैयाँ सञ्चित रहेको छ ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने १३ दशमलव ९१ प्रतिशतले बढेर एक अर्ब १२ करोड ९ लाख ६७ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ९८ करोड ४१ लाख ९ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा १९ दशलमव ०२ प्रतिशतले घटेर ७१ करोड १९ लाख ५५ हजार रूपैयाँमा सिमित छ । गत वर्ष संस्थाले ८७ करोड ९२ लाख ७६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

यस अवधिमा संस्थाको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ८९ पैसा र प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ २६ पैसा रहेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago