आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (IGI) ले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ ।
कम्पनीले १ बराबर ०.४ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता शेयर निष्काशन गर्नेछ ।
उक्त हकप्रद शेयर निष्काशन गर्न कम्पनीले फागुन १ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार माघ २७ गतेसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीले निष्काशन गर्न हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले २०७८ बैशाख १२ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…