पाल्पा । खानीगाउँ स्वास्थ्य चौकीमा सुरक्षित सुत्केरी सेवा सुरु भएको छ । सेवाको शुभारम्भ गर्दै बगानसकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकाले नागरिकहरुको स्वास्थ्य अधिकार सुरक्षाका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको बताउनुभयो । बगनासकाली गाउँपालिका ७ मा स्वास्थ्य चौकीको भवनलाई सबैको पाएक पर्ने स्थानमा ब्यवस्थित भवनबाट सुरक्षित सुत्केरी सेवा बर्थिङ्ग सेन्टर को सुबिधा दिन सकिएको बताउनुभयो ।
यस क्षेत्रका महिलाहरुले सुरक्षित रुपमा सुत्केरी सेवा लिनका लागि यो बर्थिङ सेन्टर सहयोगी बन्ने छ । सेन्टर सञ्चालन भएपछि अव स्थानीय महिलाहरु नियमित गर्भपरीक्षण र सुत्केरी सोव लिनका लागि सदरमुकाम वा अन्य ठाउँमा जानुपर्ने समस्याको अन्त्य भएको छ । गाउँपालिकाले पालिकाका ४ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित सुत्केरी सेवा दिएको छ। यस्तै खानीछाप, चापपानी, नायर र खानीगाउँ स्वास्थ्य चौकीमा सेवा सञ्चालन भएको र छिटै यम्घा, दर्पुक र दर्लमडाँडामा पनि बर्थिङ सेन्टर सञ्चालनको तयारी भएको पालिकाले जनाएको छ । बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी सम्बन्धी तालिम प्राप्त नर्सले २४ घण्टा नै सेवा प्रदान गर्नेछन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…