पाल्पा । खानीगाउँ स्वास्थ्य चौकीमा सुरक्षित सुत्केरी सेवा सुरु भएको छ । सेवाको शुभारम्भ गर्दै बगानसकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकाले नागरिकहरुको स्वास्थ्य अधिकार सुरक्षाका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको बताउनुभयो । बगनासकाली गाउँपालिका ७ मा स्वास्थ्य चौकीको भवनलाई सबैको पाएक पर्ने स्थानमा ब्यवस्थित भवनबाट सुरक्षित सुत्केरी सेवा बर्थिङ्ग सेन्टर को सुबिधा दिन सकिएको बताउनुभयो ।
यस क्षेत्रका महिलाहरुले सुरक्षित रुपमा सुत्केरी सेवा लिनका लागि यो बर्थिङ सेन्टर सहयोगी बन्ने छ । सेन्टर सञ्चालन भएपछि अव स्थानीय महिलाहरु नियमित गर्भपरीक्षण र सुत्केरी सोव लिनका लागि सदरमुकाम वा अन्य ठाउँमा जानुपर्ने समस्याको अन्त्य भएको छ । गाउँपालिकाले पालिकाका ४ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित सुत्केरी सेवा दिएको छ। यस्तै खानीछाप, चापपानी, नायर र खानीगाउँ स्वास्थ्य चौकीमा सेवा सञ्चालन भएको र छिटै यम्घा, दर्पुक र दर्लमडाँडामा पनि बर्थिङ सेन्टर सञ्चालनको तयारी भएको पालिकाले जनाएको छ । बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी सम्बन्धी तालिम प्राप्त नर्सले २४ घण्टा नै सेवा प्रदान गर्नेछन् ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…