जापान: जापानको मेई प्रिफेक्चरको इसे शहरमा प्रहरीहरुले एक ४७ वर्षिय बेरोजगार पुरुषलाई पक्राउ गरेका छन् । अनाथालयबाट ५६ लाख येन चोरेको आशंकामा प्रहरीले यो इबुरी नाम गरेका ती व्यक्तिलाई पक्राउ गरेका हुन् ।
इबुरी उक्त अनाथालयका पूर्व कोषाध्यक्ष थिए । उनले त्यहाँको आर्थिक कारोबार हेर्थे । आफूमाथि लागेको अभियोग ती व्यक्तिले स्वीकार गरेका छन् । सारा पैसा आफूले जीवनयापन र घोडादौडमा बाजी थाप्न खर्च गरेको पनि उनले बताए ।
संदिग्द हाल नारा प्रिफेक्चरको तेनरीमा बस्दै आएका छन् । उनले अनाथालयको बैंक खाताबाट सन् २०२० को अगष्टदेखि नोभेम्बरको बीचमा सो रकम झिकेका थिए । इबुरीले सो अनाथालयमा सन् २०१५ देखि काम गर्न थालेको प्रहरीले बताएको छ ।
तर आन्तरिक लेखा परीक्षणका क्रममा अनाथालयको लेखांकनमा थप अनियमितता भएको खुलासा भएपछि गत वर्षको फेब्रुअरीमा उनले काम छाडेका थिए । हाल उनी बेरोजगार थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…