कमिसनको चक्करमा तीन साझेदारको हत्या

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१२, थेचो बसपार्कमा रहेको घरमा बिहीबार साँझ एकहुल प्रहरी छिर्दा जमुना थापा मगर छक्क परिन् ।घरधनी छोरो प्रदीप थापा मगर वैदेशिक रोजगारीका लागि दुबईमा थिए, बुहारी दिप्ती माइतमै बस्थिन् ।

जमुनाले प्रहरीलाई घरमा ताला फोड्न खोज्नुको कारण सोधिन् । प्रहरीले घर पछाडि खोस्रिएको जस्तो ठाउँ देखाउँदै ‘एक जना व्यक्तिको शव हुनसक्ने आशंका गरेको’ बताए ।

जमुनाले जवाफ फर्काइन्, ‘के–को शव हुनु वेलावेला मुसाले खोस्रिराख्छ, मैले त इँटो पनि राख्दिन्थे, त्यही हो ।’

उनलाई त्यहाँ कसैको विभत्स तरिकाले हत्या गरेर शव गाडिएको होला भन्ने कल्पनै थिएन । तर सँगै रहेको अर्को छोराको घरको छतबाट हेर्दाहेर्दै प्रहरीले शव निकाल्यो । जमुनाले अनलाइनखबरसँग सुनाइन्, ‘शव देख्दा त झसंग भए, अनुहार चिनिने अवस्थामै थिएन ।’

उनकाअनुसार तीनै छोरा विदेश छन्, थेचोमा दुई छोरा प्रदीप र देवराजको घरसँगै थियो । प्रदीपको घर पछाडि खाल्टोमा गाडिएको अवस्थामा तेह्रथुम, संग्रान्ती गाउँपालिका–२ का ६२ वर्षीय मोहन लिम्बुको शव बरामद भएको छ ।

गोदावरी नगरपालिका–४ की वडा सदस्य शोभा कार्कीका अनुसार प्रदीपको घर बाल संसार नामक मन्टेश्वरीलाई भाडामा दिइएको थियो । ‘कोरोना महामारीका कारण मन्टेश्वरी चलेन, बन्द भएपछि घरमा ताला थियो’ कार्कीले अनलाइनखबरसँग सुनाइन्, ‘तीन महिना अघि मात्रै मान्छे बस्न थालेका रहेछन् ।’

शव गलाउन नुनको प्रयोग

जुमनाका अनुसार घर खाली भएपछि बुहारी दिप्तीले फेसबुकमा कोठा खाली रहेको सूचना पोष्ट गरेकी थिइन् । फेसबुकबाटै उनले मासिक ३० हजार तिर्ने गरी अनिल मण्डललाई घर भाडामा दिएकी थिइन् । जमुना भन्छिन्, ‘अनलाइनबाट भाडामा दिएको भन्ने थाहा थियो, तर को आउँछन्, जान्छन्, देखिन्नथ्यो ।’

उनी कहिले काहीँ प्रदिपको घरमा जानखोज्थिन्, तर सधैँ ताला लागेको हुन्थ्यो । ‘वेलावेला गोडमेल गर्न मन लाग्थ्यो, तर भित्र छिर्न पाइन्थ्यो, कहिल्यै मान्छे पनि देखिएन’ उनी भन्छिन्, ‘यताकी बुहारीले पनि एकपटक मात्र इन्डियन जस्तो मान्छे देखेकी रैछिन् ।’

छिमेकी अस्मिता थापा पनि ‘नयाँ मान्छेलाई घर भाडामा दिएको भन्ने मात्र सुनेको’ बताउँछिन् । बिहीबार एकाएक घर पछाडि खाल्डो खनेर मान्छे पुरेको सुन्दा अचम्म लागेको उनले बताइन् । ‘डोरीले बाँधेर शव राखेर नुन हालेर माथिबाट डलान गरेको रहेछ,’ घटनास्थलमा भेटिएकी थापाले अनलाइनखबरसँग भनिन्, ‘खनेकाले होला, छेउछाउ जाँदा पनि एकदम गन्ध आइरहन्छ ।’

नजिकै रहेको किराना पसलका सञ्चालक गोविन्द महर्जन चाहिँ कहिलेकाहीँ शव भेटिएको घरबाट ३/४ जना रासन लिन आउने गरेको बताउँछन् । ‘गार्मेन्टको काम गर्ने भन्थे, धेरै कुरा हुँदैन्थ्यो’ उनले भने, ‘अहिले शव भेटिएको सुन्दा पो छक्क परेँ ।’

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago