कमिसनको चक्करमा तीन साझेदारको हत्या

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१२, थेचो बसपार्कमा रहेको घरमा बिहीबार साँझ एकहुल प्रहरी छिर्दा जमुना थापा मगर छक्क परिन् ।घरधनी छोरो प्रदीप थापा मगर वैदेशिक रोजगारीका लागि दुबईमा थिए, बुहारी दिप्ती माइतमै बस्थिन् ।

जमुनाले प्रहरीलाई घरमा ताला फोड्न खोज्नुको कारण सोधिन् । प्रहरीले घर पछाडि खोस्रिएको जस्तो ठाउँ देखाउँदै ‘एक जना व्यक्तिको शव हुनसक्ने आशंका गरेको’ बताए ।

जमुनाले जवाफ फर्काइन्, ‘के–को शव हुनु वेलावेला मुसाले खोस्रिराख्छ, मैले त इँटो पनि राख्दिन्थे, त्यही हो ।’

उनलाई त्यहाँ कसैको विभत्स तरिकाले हत्या गरेर शव गाडिएको होला भन्ने कल्पनै थिएन । तर सँगै रहेको अर्को छोराको घरको छतबाट हेर्दाहेर्दै प्रहरीले शव निकाल्यो । जमुनाले अनलाइनखबरसँग सुनाइन्, ‘शव देख्दा त झसंग भए, अनुहार चिनिने अवस्थामै थिएन ।’

उनकाअनुसार तीनै छोरा विदेश छन्, थेचोमा दुई छोरा प्रदीप र देवराजको घरसँगै थियो । प्रदीपको घर पछाडि खाल्टोमा गाडिएको अवस्थामा तेह्रथुम, संग्रान्ती गाउँपालिका–२ का ६२ वर्षीय मोहन लिम्बुको शव बरामद भएको छ ।

गोदावरी नगरपालिका–४ की वडा सदस्य शोभा कार्कीका अनुसार प्रदीपको घर बाल संसार नामक मन्टेश्वरीलाई भाडामा दिइएको थियो । ‘कोरोना महामारीका कारण मन्टेश्वरी चलेन, बन्द भएपछि घरमा ताला थियो’ कार्कीले अनलाइनखबरसँग सुनाइन्, ‘तीन महिना अघि मात्रै मान्छे बस्न थालेका रहेछन् ।’

शव गलाउन नुनको प्रयोग

जुमनाका अनुसार घर खाली भएपछि बुहारी दिप्तीले फेसबुकमा कोठा खाली रहेको सूचना पोष्ट गरेकी थिइन् । फेसबुकबाटै उनले मासिक ३० हजार तिर्ने गरी अनिल मण्डललाई घर भाडामा दिएकी थिइन् । जमुना भन्छिन्, ‘अनलाइनबाट भाडामा दिएको भन्ने थाहा थियो, तर को आउँछन्, जान्छन्, देखिन्नथ्यो ।’

उनी कहिले काहीँ प्रदिपको घरमा जानखोज्थिन्, तर सधैँ ताला लागेको हुन्थ्यो । ‘वेलावेला गोडमेल गर्न मन लाग्थ्यो, तर भित्र छिर्न पाइन्थ्यो, कहिल्यै मान्छे पनि देखिएन’ उनी भन्छिन्, ‘यताकी बुहारीले पनि एकपटक मात्र इन्डियन जस्तो मान्छे देखेकी रैछिन् ।’

छिमेकी अस्मिता थापा पनि ‘नयाँ मान्छेलाई घर भाडामा दिएको भन्ने मात्र सुनेको’ बताउँछिन् । बिहीबार एकाएक घर पछाडि खाल्डो खनेर मान्छे पुरेको सुन्दा अचम्म लागेको उनले बताइन् । ‘डोरीले बाँधेर शव राखेर नुन हालेर माथिबाट डलान गरेको रहेछ,’ घटनास्थलमा भेटिएकी थापाले अनलाइनखबरसँग भनिन्, ‘खनेकाले होला, छेउछाउ जाँदा पनि एकदम गन्ध आइरहन्छ ।’

नजिकै रहेको किराना पसलका सञ्चालक गोविन्द महर्जन चाहिँ कहिलेकाहीँ शव भेटिएको घरबाट ३/४ जना रासन लिन आउने गरेको बताउँछन् । ‘गार्मेन्टको काम गर्ने भन्थे, धेरै कुरा हुँदैन्थ्यो’ उनले भने, ‘अहिले शव भेटिएको सुन्दा पो छक्क परेँ ।’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago