प्रचण्डले अघि सारे नयाँ दुई विकल्प, के गर्लान् देउवा ?

काठमाडौंः संसदबाट एमसीसी परियोजना पास गर्नेबारे मतभेद् बढ्दै गर्दा सत्ता गठबन्धन धर्मराएको छ । यहि कारणले सत्ता गठबन्धन टुट्ने चर्चाहरु सुरु भएको छ ।

पाँच दलीय गठबन्धनमा रहेका दलहरुमध्ये नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी परियोजना पास गर्नुपर्ने दौडमा लागेका छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी शंसोधन नगरी पारित गर्न नहुँने अडानमा रहेका छन् ।

सत्ता गठबन्धनको एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजनाबारे फेरि दुई विकल्प अघि सारेका छन् । गठबन्धनमा ती दुई विषयमध्ये एकमा सहमति कायम गराउने प्रयास भइरहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

पहिलो सपकल्पको रुपमा चुनावपछि मात्रै एमसीसी सम्झौता अघि बढाउने रहेको छ भने दोस्रो विकल्पको रुपमा सम्झौताका विषयवस्तु नै परिमार्जन गर्ने रहेको छ ।

बिहीबार चार घण्टासम्म चलेको माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै प्रचण्डले एमसीसी सम्झौतालाई आगामी चुनावपछि मात्रै अघि बढाउने लगभग समझदारी भएको जानकारी गराए । यस्तै बैठकमा उनले दोस्रो विकल्पको रुपमा सम्झौताका ‘कन्टेन्ट’ नै परिमार्जन गरेर अर्कै स्वरुपमा ल्याउने विकल्पमाथि छलफल भइरहेको बताए ।

एमसीसी संशोधन गरेर मात्रै पास गर्नुपर्ने आफूहरुको पार्टीको अडान रहेको भन्दै उनले तत्काल संशोधन गर्न अमेरिकाले नमाानेको र यस्तो बेला अब एमसीसी आगामी निर्वाचनपछि मात्रै अघि बढाउन प्रस्ताव गरिएको बताए ।

प्रचण्डले नयाँ जनादेशपछिको सरकारले एमसीसी अघि बढाउने विकल्पमा छलफल भइरहेको बताएका छन्।आगामी जेठमा स्थानीय तहको निर्वाचन तयारी भइरहेको छ। प्रचण्डले स्थानीय तह मात्रै, होइन तीनवटै निर्वाचनसम्म गठबन्धन कायम राखेर जाने सहमति जुटिसकेको छ।

भर्चुअल कार्यक्रममा माओवादीतर्फबाट सरकारमा रहेका दुई मन्त्री र दुई उच्च तहका नेताहरु पनि थिए। एमसीसी जस्ताको तस्तै पारित गरिए गठबन्धनबाट बाहिरिनुपर्ने दबाब पार्टीभित्रैबाट बढिरहेका उनले यस्तो भनेका हुन्।

एमसीसीलाई फरक ढंगबाट अगाडि बढाउनुपर्ने हुनसक्ने पनि प्रचण्डले बताएका छन्।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago