सगोत्री विवाह वर्जित गर्नुको कुनै तुक नभएको , कति सत्य कति असत्य!!

काठमाडौं: हिन्दू धर्मको सोह्र संस्कारमध्ये एक हो- विवाह । विवाहले वरवधू मात्र नभई दुई परिवारबीचको सम्बन्ध समेत प्रगाढ तुल्याउँछ ।
हिन्दू धर्ममा एकै गोत्रमा विवाह गर्न नहुने मान्यता छ । यद्यपि हिजोआज यो परम्परा केही खुकुलो हुँदै गएको पाइन्छ । यस विषयमा भएका अनुसन्धानहरूबाट पनि व्यक्तिलाई जेनेटिक रोग नलागोस् भनी सेपरेसन अफ जीन्स अर्थात् नजिकको नातेदारसँग विवाह गर्न नहुने कुरालाई पुष्टि गरेका छन् । नातेदारहरूमा जीन विभाजन हुन पाउँदैन । एउटै गोत्रमा विवाह गर्ने जोडीको बच्चामा वंशाणुगत जेनेटिक रोग लाग्छ अनि उनीहरूमा कलर ब्लाइन्डनेस अर्थात् रंग नचिन्ने रोग समेत लाग्नसक्छ । यस्तो जोडीको बच्चामा विचारधारा, रुचि एवं व्यवहारमा नयाँपन हुँदैन । रचनात्मकताको अभाव हुन्छ भने मानसिक विकासमा बाधा पर्नसक्छ । मानसिक रोग, शारीरिक समस्या, अंगहरूको उचित विकास नहुने तथा अनेकथरी वंशाणुगत रोग सगोत्री विवाह गर्ने जोडीबाट जन्मिएका सन्तानमा देखिनसक्छन् ।

हिन्दू धर्ममा एकै गोत्रमा विवाह गर्न नहुने मान्यता छ । यद्यपि हिजोआज यो परम्परा केही खुकुलो हुँदै गएको पाइन्छ । व्यक्तिलाई जेनेटिक रोग नलागोस् भनी सेपरेसन अफ जीन्स अर्थात् नजिकको नातेदारसँग विवाह गर्न नहुने कुरालाई पुष्टि गरिएको । कतिपय भने सगोत्री विवाहलाई निषेध गर्नुपर्ने कुनै कारण नभएको तर्क गर्छन् । यो रुढिबादी मान्यता मात्र भएको उनीहरू बताउँछन् । कतिपय जनजाति तथा धार्मिक परम्परामा रक्तसम्बन्धभित्रकै वा सगोत्रमै विवाह गर्ने परम्परा भएको र उनीहरूबाट जन्मिएका सँतानमा त्यस्ता कुनै खराबी नदेखिएकाले सगोत्री विवाह वर्जित गर्नुको कुनै तुक नभएको उनीहरू ठहर्‍याउँछन् । प्रचलित कानुनमा पनि आठ पुस्ता नाघिसकेपछि गरिने विवाह हाडनाताभित्र नपर्ने उल्लेख गरिएको पाइन्छ ।

वर्तमान सन्दर्भमा यस्ता परम्परागत नियमलाई समयसापेक्ष दृष्टिले हेर्नु उचित हुन्छ । यससम्बन्धी अनुसन्धानबाट प्राप्त निष्कर्षलाई मानेर रक्तसम्बन्ध भएकाहरूभित्र वैवाहिक नाता नगाँस्नु त राम्रै हो तर गोत्रको नाममा थुप्रै पिढीसम्म रक्तसम्बन्ध नभएकाहरूबीच विवाह निषेध गर्नु किमार्थ राम्रो मान्न सकिँदैन । वर्तमान वैज्ञानिक युगमा यस्ता प्रकारका नियमपछाडि लुकेका उद्देश्यहरूलाई वास्तविक रूपमा बुझ्नु र व्यवहारमा लागू गर्नु अत्यावश्यक छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago