सगोत्री विवाह वर्जित गर्नुको कुनै तुक नभएको , कति सत्य कति असत्य!!

काठमाडौं: हिन्दू धर्मको सोह्र संस्कारमध्ये एक हो- विवाह । विवाहले वरवधू मात्र नभई दुई परिवारबीचको सम्बन्ध समेत प्रगाढ तुल्याउँछ ।
हिन्दू धर्ममा एकै गोत्रमा विवाह गर्न नहुने मान्यता छ । यद्यपि हिजोआज यो परम्परा केही खुकुलो हुँदै गएको पाइन्छ । यस विषयमा भएका अनुसन्धानहरूबाट पनि व्यक्तिलाई जेनेटिक रोग नलागोस् भनी सेपरेसन अफ जीन्स अर्थात् नजिकको नातेदारसँग विवाह गर्न नहुने कुरालाई पुष्टि गरेका छन् । नातेदारहरूमा जीन विभाजन हुन पाउँदैन । एउटै गोत्रमा विवाह गर्ने जोडीको बच्चामा वंशाणुगत जेनेटिक रोग लाग्छ अनि उनीहरूमा कलर ब्लाइन्डनेस अर्थात् रंग नचिन्ने रोग समेत लाग्नसक्छ । यस्तो जोडीको बच्चामा विचारधारा, रुचि एवं व्यवहारमा नयाँपन हुँदैन । रचनात्मकताको अभाव हुन्छ भने मानसिक विकासमा बाधा पर्नसक्छ । मानसिक रोग, शारीरिक समस्या, अंगहरूको उचित विकास नहुने तथा अनेकथरी वंशाणुगत रोग सगोत्री विवाह गर्ने जोडीबाट जन्मिएका सन्तानमा देखिनसक्छन् ।

हिन्दू धर्ममा एकै गोत्रमा विवाह गर्न नहुने मान्यता छ । यद्यपि हिजोआज यो परम्परा केही खुकुलो हुँदै गएको पाइन्छ । व्यक्तिलाई जेनेटिक रोग नलागोस् भनी सेपरेसन अफ जीन्स अर्थात् नजिकको नातेदारसँग विवाह गर्न नहुने कुरालाई पुष्टि गरिएको । कतिपय भने सगोत्री विवाहलाई निषेध गर्नुपर्ने कुनै कारण नभएको तर्क गर्छन् । यो रुढिबादी मान्यता मात्र भएको उनीहरू बताउँछन् । कतिपय जनजाति तथा धार्मिक परम्परामा रक्तसम्बन्धभित्रकै वा सगोत्रमै विवाह गर्ने परम्परा भएको र उनीहरूबाट जन्मिएका सँतानमा त्यस्ता कुनै खराबी नदेखिएकाले सगोत्री विवाह वर्जित गर्नुको कुनै तुक नभएको उनीहरू ठहर्‍याउँछन् । प्रचलित कानुनमा पनि आठ पुस्ता नाघिसकेपछि गरिने विवाह हाडनाताभित्र नपर्ने उल्लेख गरिएको पाइन्छ ।

वर्तमान सन्दर्भमा यस्ता परम्परागत नियमलाई समयसापेक्ष दृष्टिले हेर्नु उचित हुन्छ । यससम्बन्धी अनुसन्धानबाट प्राप्त निष्कर्षलाई मानेर रक्तसम्बन्ध भएकाहरूभित्र वैवाहिक नाता नगाँस्नु त राम्रै हो तर गोत्रको नाममा थुप्रै पिढीसम्म रक्तसम्बन्ध नभएकाहरूबीच विवाह निषेध गर्नु किमार्थ राम्रो मान्न सकिँदैन । वर्तमान वैज्ञानिक युगमा यस्ता प्रकारका नियमपछाडि लुकेका उद्देश्यहरूलाई वास्तविक रूपमा बुझ्नु र व्यवहारमा लागू गर्नु अत्यावश्यक छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago