सूर्योदय लघुवित्तको खुद नाफा ४४५ प्रतिशतले बृद्धि

काठमाडौं: सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८–७९ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले यस त्रैमासमा ६ करोड ४४ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ करोड १८ लाख आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ४४४.९४ प्रतिशतले बढेको छ ।

यो अवधिसम्म संस्थाले ३ अर्ब १६ करोड रुपैयाँ सापटी र १ अर्ब ७१ करोड निक्षेप लिई ५ अर्ब ३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत आर्थिक वर्षमा १ अर्ब ७७ करोड रुपैयाँ सापटी र १ अर्ब २० करोड निक्षेप लिई २ अर्ब ७८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो

सोअवधिसम्म संस्थाको खुद ब्याज आम्दानी १६ करोड १९ लाख रुपैयाँ रहेको छ । जुन गत वर्ष यही अवधिसम्म ५ करोड ७८ लाख रुपैयाँमा सीमित थियो। त्यसैगरी यस अवधिमा संचालन मुनाफा ४ करोड १० लाख रहेको छ भने गत आर्थिक वर्षमा ४७ लाख ३७ हजार रहेको थियो ।

व्याज आम्दानीमा उल्लेख्य बृद्धिसँगै राइट व्याक ६ करोड १२ लाखको साहयताले खुद नाफा उल्लेख्य बृद्धि भएको हो ।

हाल कम्पनीको चुक्तापुँजी २९ करोड ७६ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १९ करोड ५८ लाख रहेको छ । निष्कृय कर्जा अनुपात ३.०४ प्रतिशत रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी ४३.३१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १६५.७९ रुपैयाँ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ३९.५५ गुणा रहेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago