सूर्योदय लघुवित्तको खुद नाफा ४४५ प्रतिशतले बृद्धि

काठमाडौं: सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८–७९ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले यस त्रैमासमा ६ करोड ४४ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ करोड १८ लाख आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ४४४.९४ प्रतिशतले बढेको छ ।

यो अवधिसम्म संस्थाले ३ अर्ब १६ करोड रुपैयाँ सापटी र १ अर्ब ७१ करोड निक्षेप लिई ५ अर्ब ३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत आर्थिक वर्षमा १ अर्ब ७७ करोड रुपैयाँ सापटी र १ अर्ब २० करोड निक्षेप लिई २ अर्ब ७८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो

सोअवधिसम्म संस्थाको खुद ब्याज आम्दानी १६ करोड १९ लाख रुपैयाँ रहेको छ । जुन गत वर्ष यही अवधिसम्म ५ करोड ७८ लाख रुपैयाँमा सीमित थियो। त्यसैगरी यस अवधिमा संचालन मुनाफा ४ करोड १० लाख रहेको छ भने गत आर्थिक वर्षमा ४७ लाख ३७ हजार रहेको थियो ।

व्याज आम्दानीमा उल्लेख्य बृद्धिसँगै राइट व्याक ६ करोड १२ लाखको साहयताले खुद नाफा उल्लेख्य बृद्धि भएको हो ।

हाल कम्पनीको चुक्तापुँजी २९ करोड ७६ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १९ करोड ५८ लाख रहेको छ । निष्कृय कर्जा अनुपात ३.०४ प्रतिशत रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी ४३.३१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १६५.७९ रुपैयाँ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ३९.५५ गुणा रहेको छ ।

Comments
Kamal Panthi

Recent Posts

“एमाले र बालेन: शब्दयुद्ध होइन, काममा प्रतिस्पर्धा जरुरी – शेरबहादुर तामाङ”

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहराको सञ्चालनको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरलाई…

55 years ago

लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू…

55 years ago

मिस्टर काठमाडौंको उपाधि जितेको ४ दिनमै प्रकाशको हृदयघातका कारण निधन

काठमाडौं, पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र…

55 years ago

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशनको तयारी पुरा ।

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको तयारी अन्तिम…

55 years ago

सबिन राई एण्ड फारोजको समर्पण टुर लण्डन क्यानडामा कार्तिक १० गते हुने

लण्डन/  लण्डनको प्रतिष्ठित म्युजिक हलमा नेपाली गित र संगीतका बादसहा सबिन राई एण्ड फारोजको समर्पण…

55 years ago

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न टोकियो, जापानमा रहेका गुरुङ (तमु) हरु विच…

55 years ago