लगानीको रकमको व्यवस्थालाई घटाएर एक करोड कायम गरिएमा भारतबाट लगानी आउन सक्ने

काठमाडौं: नेपाल भारत उद्योग वाणिज्य संघले सुचना प्रविधि क्षेत्रमा न्यूनतम लगानीको रकमको व्यवस्थालाई घटाएर एक करोड कायम गरिएमा भारतबाट लगानी आउन सक्ने जनाएको छ।
उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीसँग भएको छलफलमा संघका उपाध्यक्ष सुनिल केसीले भारतीय लगानी भित्र्याउन प्रयासका लागि नीतिगत सुधार आवश्यक रहेको बताउँदै सुचना प्रविधि क्षेत्रमा न्यूनतम एक करोड कायम गर्नुपर्ने बताएका हुन्।

उनले सन् ९० को दशकमा डाबर, नेपाल लिभर, सूर्य नेपाल जस्ता कम्पनीहरु नेपाल आएको बताउँदै त्यही समय जस्तो लगानी मैत्री वातावरण बनाउन आवश्यक भएको बताए। केसीलेै विभागले पनि निजी क्षेत्रका प्रतिनिधि संस्थाहरुलाई समेटेर प्रत्यक्ष वैदेशिक लगानी समिति स्थापना गर्नुपर्ने बताए।

उनका अनुसार संघले पनि भारतीय लगानी भित्र्याउन नेपाल–भारत साझेदारी सम्मेलन, काठमाडौ–कोलकता फोरम नेपाल–इन्डिया ईन्टरप्रेनरशीप प्रोमोशन सेन्टरको स्थापना लगायतका कार्ययोजनामा काम गरिरहेको छ।

संघका उपाध्यक्ष सैवाल घोषले नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धी बिषयमा समस्या रहेको बताउँदैै नेपालमा संचालित भारतीय तथा बिदेशी लगानीका कम्पनीहरुले प्रतिलिपी तथा ट्रेडमार्क दर्ता सम्बन्धी समस्या भोग्नु परेको जानकारी दिए।

उनले अन्तर्राष्ट्रिय प्रचलन अनुरुप गर्न पहल गर्न पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२, विदेशी लगानी तथा प्रबिधि हस्तान्तरण ऐन, २०७५, औद्योगिक ब्यबसाय ऐन २०७६समय सापेक्ष सुधार आवश्यक रहेको बताए। घोषले यहाँ रहेका विदेशी लगानी कम्पनीले माउ कम्पनीबाट उत्पादित वस्तुहरु आयात गरेर बिक्री वितरण गर्न दिनुपर्ने माग गरे।

महानिर्देशक तिवारीले एकद्वार प्रणालीको माध्यमबाट लगानीकर्तालाई केही सहज गर्न खोजेको बताउँदै त्यसमा पनि सुधार गरेर प्रभावकारी बनाउने प्रतिवद्धता जनाए। संघले गर्न लागेको कार्यक्रममा विभागले सहकार्य गर्ने समेत उनले बताए।

संघकी अध्यक्ष सृजना राणाले नेपालमा औद्योगिक लगानी वृद्धि गर्न बिभागको भूमिका महत्वपूर्ण रहेको बताउँदै बिदेशी लगानी भित्र्याउन बनेका नियमहरुलाई अझ सहज बनाईनुपर्ने बताईन्।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago