काठमाडौं । आज शुक्रबार माघ २१ गतेदेखि जाल्पा सामुदायिक लघुवित्तले आईपीओ निष्काशन गर्दैछ । कम्पनीले १ सय रुपैयाँ अङ्कित दरमा ५ लाख २२ हजार कित्ता साधारण शेयर विक्री गर्दैछ । जसमध्ये ८ हजार कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधारणलाई छुट्याइएको शेयर मध्येको २६ हजार १०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी रहने ४ लाख ८७ हजार ९ सय कित्ता साधारण शेयर सर्वासाधारणलाई विक्री गर्दैछ।
यस आईपीओमा सर्वासाधारण लगानीकर्ताले ४ लाख ८७ हजार ९०० हजार कित्ताका लागि आवेदन दिन छन् । यसको अर्थ दश कित्ता नियम अनुसार ४८ हजार ७९० जना लगानीकर्ताले दश कित्ता शेयर प्राप्त गर्ने छन् ।
यस अघिको आईपीओको परेको आवेदनहरुलाई आधार लिंदा २२ लाख भन्दा माथिले आवेदन दिने अनुमान गर्न सकिन्छ त्यसैले जाल्पा सामुदायिक लघुवित्तको आईपिओमा दश कित्तामा आवेदन दिँदा पनि पुग्ने देखिन्छ ।
आईपीओ माघ २१ गते देखि माघ २५ गते सम्म खुल्ने छ । माघ २५ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि माघ २५ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा फागुन ६ गते सम्म समय थपिने छ । विगत देखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना एकदमै न्यून जस्तै छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…