काठमाडौँ – काठमाडौँको लगन टोलमा सुकुन्दा र्याली निकालिएको छ। ११४३ औँ ज्यापु दिवसको स्वागतका लागि शनिबार साँझ उक्त र्याली निकालिएको हो।
ज्यापु दिवसको स्वागतका लागि एक हप्ताअघि सुकुन्दा र्याली निकालिएको हो। र्यालीमा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि सहभागी भएकी थिइन्।
आगामी बिहीबार (मंसिर २२ गते) ज्यापु दिवस मनाइँदैछ। योमरी पुन्हीको दिन यो दिवस मनाउने गरिएको छ।
नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ। योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…