विश्वकप फुटबल अन्तर्गत समूहचरणको अन्तिम खेलमा समूह ‘जि’ बाट स्विट्जरल्यान्डले नकआउट चरणमा स्थान बनाएको छ। उक्त समूहबाट यसअघिनै ब्राजिल नकआउट चरणमा पुगेको थियो। शुक्रबार मध्यरातमा भएको खेलमा स्विट्जरल्यान्डले सर्बियालाई ३-२ गोलको जित निकाल्दै नकआउटमा स्थान पक्का गर्यो। स्विट्जरल्यान्डलाई बराबरी गरे पर्याप्त हुने खेलमा उसले जार्दन साकीरीको गोलमार्फत अग्रता बनायो।
तर पहिलो हाफमानै सर्बिया खेलमा फर्कियो। उसका लागि अलेक्सेन्डर मित्रभिकले २६ औ मिनेटमा बराबरी गोल फर्काउँदा डुसान भ्लाहोभिकले ३५ औ मिनेटमा टिमलाई अग्रता दिलाए।
तर ब्रिल एम्बोलोले पहिलो हाफमानै गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए। स्विटजरल्यान्डका लागि निर्णायक गोल भने रेमो फ्रेउलरले गरेका थिए। दोस्रो हाफको सुरुवातमानै फ्रेउलरले गरेको गोलसँगै स्विट्जरल्यान्ड समूह उपविजेताका रुपमा नकआउट चरण प्रवेश गर्न सफल भयो। अब उसले क्वाटरफाइनल प्रवेशका लागि पोर्चुगलको सामना गर्ने छ।
शुक्रबारनै भएको समूहको अर्को खेलमा ब्राजिल भने क्यामरुनसँग १-० ले पराजित भयो। लुसाइल स्टेडियममा भएको खेलमा क्यामरुनका लागि भिनसेन्ट अबौबकारले इन्जुरी समयमा गरेको एकमात्र गोल निर्णायक हुँदा क्यामरुन विजयी भयो। खेलमा क्यामरुनका केहि राम्रा प्रहारलाई गोलरक्षक एडरसनले बचाएका थिए।
यद्यपि उसले जितका बावजुत नकआउटमा स्थान बनाउन भने सकेन। उसको अलिअलि आस पनि स्विटजरल्यान्डको जितसँगै अन्त भएको थियो। अबौबकार गो गरेको केहि छिनमानै दोहोरो पँहेलो कार्डका कारण मैदान छाड्न बाध्य भएका थिए।
लगातार दुई खेलमा जित निकालेर नकआउट पुगिसकेको ब्राजिलका प्रशिक्षक टिटेले क्यामरुन विरुद्ध १० खेलाडी परिवर्तन गरेका थिए।
पराजयका बावजुत ब्राजिल अङ्क तालिकाको शीर्ष स्थानमा कायम रह्यो। अब उसले नकआउट चरणमा दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्ने छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…