सर्बियालाई हराउँदै नकआउटमा स्विट्जरल्यान्ड , क्यामरुनसँग ब्राजिल पराजित

विश्वकप फुटबल अन्तर्गत समूहचरणको अन्तिम खेलमा समूह ‘जि’ बाट स्विट्जरल्यान्डले नकआउट चरणमा स्थान बनाएको छ। उक्त समूहबाट यसअघिनै ब्राजिल नकआउट चरणमा पुगेको थियो। शुक्रबार मध्यरातमा भएको खेलमा स्विट्जरल्यान्डले सर्बियालाई ३-२ गोलको जित निकाल्दै नकआउटमा स्थान पक्का गर्‍यो। स्विट्जरल्यान्डलाई बराबरी गरे पर्याप्त हुने खेलमा उसले जार्दन साकीरीको गोलमार्फत अग्रता बनायो।

तर पहिलो हाफमानै सर्बिया खेलमा फर्कियो। उसका लागि अलेक्सेन्डर मित्रभिकले २६ औ मिनेटमा बराबरी गोल फर्काउँदा डुसान भ्लाहोभिकले ३५ औ मिनेटमा टिमलाई अग्रता दिलाए।

तर ब्रिल एम्बोलोले पहिलो हाफमानै गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए। स्विटजरल्यान्डका लागि निर्णायक गोल भने रेमो फ्रेउलरले गरेका थिए। दोस्रो हाफको सुरुवातमानै फ्रेउलरले गरेको गोलसँगै स्विट्जरल्यान्ड समूह उपविजेताका रुपमा नकआउट चरण प्रवेश गर्न सफल भयो। अब उसले क्वाटरफाइनल प्रवेशका लागि पोर्चुगलको सामना गर्ने छ।

शुक्रबारनै भएको समूहको अर्को खेलमा ब्राजिल भने क्यामरुनसँग १-० ले पराजित भयो। लुसाइल स्टेडियममा भएको खेलमा क्यामरुनका लागि भिनसेन्ट अबौबकारले इन्जुरी समयमा  गरेको एकमात्र गोल निर्णायक हुँदा क्यामरुन विजयी भयो। खेलमा क्यामरुनका केहि राम्रा प्रहारलाई गोलरक्षक एडरसनले बचाएका थिए।

यद्यपि उसले जितका बावजुत नकआउटमा स्थान बनाउन भने सकेन। उसको अलिअलि आस पनि स्विटजरल्यान्डको जितसँगै अन्त भएको थियो। अबौबकार गो गरेको केहि छिनमानै दोहोरो पँहेलो कार्डका कारण मैदान छाड्न बाध्य भएका थिए।

लगातार दुई खेलमा जित निकालेर नकआउट पुगिसकेको ब्राजिलका प्रशिक्षक टिटेले क्यामरुन विरुद्ध १० खेलाडी परिवर्तन गरेका थिए।

पराजयका बावजुत ब्राजिल अङ्क तालिकाको शीर्ष स्थानमा कायम रह्यो। अब उसले नकआउट चरणमा दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्ने छ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago