स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मतगणना भइरहेको छ। पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका धनराज गुरूङले अग्रता कायमै राखेका छन्।
उनले नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई २२१३ मतले पछि पारेका छन्। काँग्रेसका गुरुङले २२ हजार ४८० मत पाएका छन् भने एमालेकी अर्यालको २० हजार २६७ मत पाइन्। यस्तै स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ७ हजार २३८ मत पाएका छन्।
यसैबीच स्याङ्जा २ को (ख) तर्फ पनि नेपाली कांग्रेसका महेश भट्टराई अग्रता लिएका छन्। सुरुबाट नै अग्रता लिईरहनु भएका एमालेका बुद्धिमान श्रेष्ठलाई शनिबार बिहान १४२ मतले पछि पार्दै भट्टराईले अग्रता बनाएका हुन्। भट्टराईले १० हजार २६१ मत पाएका छन् भने श्रेष्ठले १० हजार ११९ मत पाएका छन्।
अब गणना गर्न गल्याङ ११ र चापाकोटका १० वटा वडा रहेको छ। स्याङ्जा २ मा १ लाख १६ हजार सात सय ७८ मतदाता मध्ये ७० हजार एक सय ९१ मत खसेको थियो। अहिले सम्म प्रतिनिधि सभा तर्फ ३९ हजार ६१२ मत गणना भइसकेको छ ।
प्रदेश (क) को भने गणना सम्पन्न भइसकेको छ। जसमा नेपाली कांग्रेसका भोजराज अर्याल विजयी भएका छन्।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…