पाल्पामा मतदाता शिक्षा सिकाउँदै गठबन्धन दल

पाल्पा, १७ कार्तिक । पाल्पामा वाम–लोकतान्त्रिक गठबन्धन दल आफैँले मतदाता शिक्षा दिन थालेको छ । बदर मतको संख्या कम गर्नका लागि गठबन्धन दल नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले आफ्नै कार्यकर्तालाई परिचालन गरी मतदाता शिक्षा दिन लागेका हुन् । निर्वाचन आयोगले मतदाता शिक्षालाई जोडतोडका साथ लैजान नसेका बेला गठबन्धन दलले भने  गाउँ–गाउँमा पुु¥याउन थालेको हो । उसले मतदाता शिक्षाका लागि बिहिबार माथागढी र तिनाउमा मतदाता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार रैनादेवी छहरा र रिब्दीकोटमा मतदाता शिक्षाका लागि प्रशिक्षण कार्यक्रम भइसकेको छ । यसअघि मतदाता शिक्षाका लागि तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकामा खटिने युवा तथा महिलाहरुका लागि प्रशिक्षण दिएको गठबन्धनका संयोजक तथा नेपाली कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठले बताए  ।


रामपुर नगरपालिका, निस्दी गाउँपालिका र पूर्वखोलाका केही वडा वाहेक सबैमा बिहिबारसम्म मतदाता प्रशिक्षक प्रशिक्षण सकिएको सभापति श्रेष्ठले बताए । निर्वाचनको प्रचारप्रसारसँगै मतदाता शिक्षाका लागि हरेक वडामा युवा तथा महिला खटाइने छ । प्रशिक्षण सम्पन्न भएका रिब्दीकोट, रैनादेवी छहरा, बगनासकाली र तानसेन नगरपालिकाका कार्यकर्तालाई मतदाता शिक्षाका लागि जनताको घरदैलोमा पठाइसकिएको छ । कांग्रेसका जिल्ला सभापति श्रेष्ठले निर्वाचनका लागि आयोगले दिएको प्रचार–प्रसारको समयसीमाभित्र मतदाता शिक्षाका लागि कार्यकर्ता खटाइने बताए । सबैले मतदानमा भाग लिन पाउने अधिकार संरक्षणका लागि मतदाता शिक्षा चलाइएको माथागढी र तिनाउमा आयोजित कार्यक्रममा सभापति श्रेष्ठले बताए । माथागढीमा रम्भा गाउँपालिका, माथागढी र पूर्वखोलाका केही वडावाट युवा तथा महिलाको सहभागिता गराइएको थियो । कार्यक्रममा बोल्दै सभापति श्रेष्ठले प्रतिगमनको विरुद्धमा गरिएको आन्दोलनपछिको सत्ता गठबन्धन अहिलेको आवश्यकता रहेको औल्याए । उनले जनतालाई भ्रम छरेर होइन सही ढंगले निर्वाचनमा परिचालन गरेर गठबन्धनले जित हासिल गर्नेसमेत बताए । क्षेत्र १ मा २०५१ सालदेखि एउटै पार्टीले जित हासिल गरिरहँदा जनताको जिवनस्तर माथि उठ्न नसकेको र जनता सधैअभाव, दवावमा पिरोलिएको बताए ।

माथागढीमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेस सदस्य तथा संविधान सभा सदस्य लीला सोमई, नेपाली कांग्रेसका जिल्ला सचिव सन्तोष कुमार थापा, वाम लोकतान्त्रिक गठबन्धनकातर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार बनेका क्षेत्र १ (२) का उम्मेदवार शंकर खनाल, नेकपा एसका जिल्ला युवा संयोजक आशिष श्रेष्ठ,  नेपाली कांग्रेसका क्षेत्रीय सचिव मधु पराजुली लगायतले जनताले चाहेको पार्टीलाई निर्धक्क भएर मतदान गर्ने वातावरण मिलाउने र भयरहित ढंगले मतदान गर्न पाउनुपर्नेमा जोड दिएका थिए ।
तिनाउ र माथागढीमा आयोजित कार्यक्रममा कार्यकर्ताहरुलाई नेपाली काँग्रेसका महासमिति सदस्य तथा बुथ व्यवस्थापन समितिका संयोजक राम बहादुर कार्की,काँग्रेसका जिल्ला सदस्य डा. माधव थापाले प्रशिक्षण दिए । निर्वाचनको समयमा हुन सक्ने दलको चुनाव चिन्हबारे प्रभावकारिा कायम राख्न पनि प्रशिक्षण जरुरी रहेको बताए ।

bhabindra gautam

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago