नेकपा एमालेको घरदैलो र टोलभेला

पाल्पा १७ कार्तिक ।
नेकपा एमाले पाल्पा क्षेत्र नंं २ प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर गैरेले ५ पटक निर्वाचन जित्दा पनि विकासको सिन्को नभाचेकोले यस पटक जनताले नयाँ प्रतिनिधी चाहेको बताउनु भएको छ । रिव्दीकोट गाउँपालिकाको वडा नंं ५ कसुमखोला र वडा नंं ३ खस्यौलीका जनता संगको घरदैलो तथा टोलभेला कार्यक्रममा बोल्दै ५ पटक जित्दा पनि पाल्पाको विकास हिजो भन्दा ओरालो अवस्थामा पुगेकोले पाल्पाको दिगो विकासका लागी सूर्यमा मतदान गर्न अनुरोध गर्नुभयो । सूर्यमा मतदान गर्नुहोस, पाल्पाका महङ्गो  खानेपानी महशुल पूर्ण रुपमा निशुल्क गर्ने बताउनु भयो । घरदैलो कार्यक्रममा प्रदेश सभा सदस्य ओम बहादुर घर्तिमगरले कुसुमखोला, खस्यौली क्षेत्रको खानेपानी समस्या समाधान गर्न पहल गर्ने, कृषि र पर्यटन क्षेत्रको विकास पहल गर्ने, मोटरबाटो, स्वास्थ्य भवन, तथा सामुदायिक भवन निर्माणमा सहयोग गर्ने, गठवन्धन सरकार बाट राजनितिक आस्थाको आधारमा परेको बजेट समेत स्थगित गरेकोमा मंसिर ४ को निर्वाचन लगत्तै पुन बजेट विनियोजन गर्ने उम्मेदवार घर्तिले बताउनुभयो ।


क्षेत्र नंं २ १ का उम्मेदवार पर्सुराम भट्टराईले बगनासकाली गाउँपालिकाको वडा नंं  २ पोखराथोक, वडा नम्बर ३ नायर, आर्यभञ्ज्याङ र माथागढी गाउँपालिकाको चिदीपानी क्षेत्रको घरदैलो गर्नुभएको छ । नायर पोखराथोकका जनताले वडाका भित्री बाटोहरु स्तरउन्नती हुनुपर्ने, सबै घर घरमा खानेपानीको व्यबस्था हुनुपर्ने, कृषि उत्पादन तथा तरकारीको उचित बजारीकरण हुनुपर्ने मागहरु लाई प्रदेशसभामा निर्वाचित भएपछि सम्वोधन गर्ने बताउनु भयो । उहाँले पोखराथोकको सिञ्चास क्षेत्रलाई मकै र तरकारी उत्पादनको पकेट क्षेत्रकोरुपमा बिकासगर्ने समेत बताउनुभयो । यस्तै नायर क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास गर्ने र जनताको आय आर्जनमा सघाउ पु¥याउन पहल गर्ने उहाँकोे भनाइ थियो । उम्मेदवार भट्टराईले चिदीपानीका मतदातासंग कुराकानी गर्दै चिदीपानीका जनताको शिक्षा, स्वास्थ्य, खानेपानी, बिद्युत, यातायात, संञ्चार लगायतको क्षेत्रमा आफ्नो पहल रहने बताउनुभयो ।


एमाले पाल्पा क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्यले माथागढी गाउँपालिकाको रहवास, बहादुर गोठादी क्षेत्रका मतदाताहरु संग भेटघाट गर्नुभएको छ । भेटघाटका क्रममा मतदाताले सडकको स्तरउन्नती, पुल, सिंचाई लगायतका विषयमा उम्मेदवाहरु लाई ध्यानआर्कण गराएका छन । उम्मेदवार आचार्यले यस क्षेत्रको विकासका लागि सडक पुर्वाधारका लागि दर्जनौ पक्की पुल प्रदेश सांसद हुँदा गरेको र आवश्यकता अनुसार अन्य खोलाहरुमा पनि पुल निर्माणको योजना ल्याउने बताउनुभयो । उहाँले रहवासको ठाडे देखी चिरतुङ्को सिद्धार्थ माविमा अध्ययन गर्न जाने बालबालिका लाई बसेनी खोलामा पुल नहुदा समस्या भएकोले तत्काल पुल निर्माणको लागि पहल गर्ने बताउनुभयो । पाल्पा क्षेत्र नंं १   प्रदेश सभा १ का  सदस्य खेम बहादुर सारुले कृषि क्षेत्रको आधुनिकीकरण, लिफेटिंग खानेपानीको समस्या समाधानको लागि जनताको आवश्यकता अनुसार पहल गर्ने बताउनुभयो । पाल्पा क्षेत्र नंं १ प्रदेश १ का सदस्यका उम्मेदवार राजु प्रसाद श्रेष्ठले आफु स्थानीयवासी पनि भएको, रामपुरका हरेक गतिविधी संग प्रत्यक्ष जानकार रहेकोले रामपुरको सबैजसो विकासका काममा सक्रिय भएर लाग्ने भएकोले सूर्यमा मतदान गरी विजय बनाउनु रामपुरवासी संग अनुरोध गर्नुभयो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago