मापदण्ड विपरित सडक पेटिमा राखिएका विभिन्न सामाग्रीहरु जफत

बेझाँड बजार क्षेत्रको सडक पेटिमा राखिएका सामान उठाउन स्वयम नगर प्रमुख थापा बजार अनुगमनवाट सटर भन्दा बाहिर पेटिमा राखिएका खाद्यान्न, फलफुल, तरकारी, कपडा, खेलौना तथा कास्मेटिक सामान, फार्निसिङ्गका सामाग्री जफत ।

पाल्पा । रामपुर नगरपालिकाले विहिबार बेझाँड बजार क्षेत्रको अनुगमन गरेको छ । सडक पेटी तथा सटरको पेटिमा राखिएका सामाग्री र अव्यवस्थित पार्किङ्गले दुर्घटनाको जोखिम बढाएको भन्दै बजार क्षेत्रको अनुगमन गरेको हो । नगरपालिकाले अनुगमनका क्रममा मापदण्ड विपरित व्यापारीक प्रयाेजनका लागि सामान राखेका पसलहरु बाट विभिन्न सामाग्रीहरु जफत गरेको छ । साथै नो पार्किङ्गमा राखिएका मोटरसाईकलको हेलमेट पनि नियन्त्रणमा लिएको थियो ।

सम्वन्धित समाचार :

 पाल्पा रामपुरको तालपोखरामा आन्तरिक पर्यटकको चहलपहल ।  

रामपुर नगरपालिकामा झलुङ्गे पुलको शिलन्यास ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको नेतृत्वमा बजार क्षेत्रको अनुगमन गरिएको हो । नगरपालिकाले ईलाका प्रहरी कार्यालय रामपुर र नगर प्रहरीको सहयोगमा अनुगमनका क्रममा मापदण्ड विपरित राखिएका सामग्रीहरु नियन्त्रणमा लिएको थियो । अनुगमनका क्रममा सडक तथा सटर भन्दा बाहिर पेटिमा राखिएका खाद्यान्न, फलफुल, तरकारी, कपडा, खेलौना तथा कास्मेटिक सामान, फार्निसिङ्गका सामाग्री जफत गरेको हो ।


बजार अनुगमन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बजार क्षेत्रको साँगुरो सडकमा सडक पेटी सम्म सामान राखेर विक्री वितरण गर्दा दुर्घटनाको जोखिम भएकाले न्यूनिकरणका लागि अनुगमन गरिएको बताउनुभयो । उहाँले कार्यपालिकाको बैठकको निर्णय अनुसार बजारलाई व्यवस्थित बनाउन व्यवसायीहरुलाई यस अघि नै सूचना गरी सामाग्री नराख्न आग्रह गरे पनि अटेरी गरी सामान राखेका व्यवसायीको सामान जफत गरिएको बताउनुभयो । यस्तै उपप्रमुख बालकुमारी थापाले बजार व्यवस्थापन र सुन्दरतालाई कायम राख्न मापदण्ड अनुरुप सामान राखेर व्यवसाय गर्न आग्रह गर्नुभयो ।  रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले व्यवसायीहरुले नगरको आग्रहलाई  वेवास्ता गरे नियम अनुसार कारबाही गरिने बताउनुभएको छ ।


बजार अनुगमन कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने, इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख लक्ष्मण देवकोटा, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल सहित पत्रकारहरुको उपस्थिति रहेको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago