काठमाडौँ – निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका कार्य गर्दा निर्वाचन आचारसंहितालाई पूर्ण पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न अपिल गरेको छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरु आजबाट प्रचारप्रसारमा जुटिरहेका बेला आयोगले पूर्णरुपमा आचारसंहिता पालना गर्न सबैलाई सचेत गराएको हो।
निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले मतदान हुनुभन्दा १७ दिनअघिबाट निर्वाचन प्रचारप्रसार गर्न पाइने आचारसंहितामा उल्लेख भएअनुसार कोणसभा, गोष्ठी, सेमिनार, र्याली, गर्दा आचारसंहितामा निर्धारण भएका कुराहरुको पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न राजनीतिक दल र उम्मेदवारहरुसँग अपिल गरे।
उनले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान बिहान ७ बजेबाट सुरु हुने र मतदान सुरु हुनपूर्वको ४८ घण्टा कुनै पनि उम्मेदवार र राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार गर्न नपाउने पनि स्पष्ट पारे।
उनले भने, ‘निर्वाचन मंसिर ४ गते बिहान ७ बजेबाट सुरु हुन्छ। त्यो भन्दा ४८ घण्टा अघिदेखि प्रचारप्रसार गर्न पाइँदैन भनेर निर्वाचन कसुर तथा सजाय ऐनले व्यवस्था गरेको छ। पहिला हामीले गरिआएको अभ्यास मौन अवधि हो।’
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…