सम्बृद्ध नेपाल सुखी नेपालीको नारा पुरा गर्न सूर्यमा मतदान गर्नुस : गैरे

पाल्पा । नेकपा एमाले पाल्पा क्षेत्र नंं २ का प्रतिनिधी सभा सदस्य उम्मेदवार ठाकुर प्रसाद गैरे सम्बृद्ध नेपाल र सुखी नेपालीको अभियान पुरा गर्न सुर्यमा मतदान गर्न पाल्पाली जनता लाई अनुरोध गर्नुभएको छ । ओली सरकारले शुरु गरेका अपुरा योजना पुर्व पश्चिम रेलमार्ग, नेपाल भित्रैका नदीहरुमा जलयातायात, मेक इन नेपाल, गाउँ गाउँमा स्वरोजगार जस्ता अभियान पुरा गरी जनता लाई सम्बृद्ध बनाउन मंसिर ४ गतेको निर्वाचनमा सूर्यमा मतदान गर्न पालुङ मैनादीका जनता लाई आव्हान गर्नुभयो । एमाले उम्मेदवार गैरे प्रदेश सभा २ २ का उम्मेदवार ओम बहादुर घर्ति मगर चुनावी प्रचार प्रसारको अभियानामा रिव्दीकोट गाउँपालिकाको वडा नंं ७ पालुङ मैनादीका जनतामा पुग्नु भएको छ ।


कार्यक्रममा गैरेले हार्थाेक छहरा मोटरबाटो लाई प्रदेशकै गौरवको योजनामा एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलकै पालामा शुरु भएको, यही बर्ष देखी पिचको काम शुरु हुने बताउनु भयो । एमाले पोलीटब्युरो सदस्य तथा उम्मेदवार गैरेले छातीमा लोगो लाउन र तलब खान मात्र आफु सांसद बन्न नभई हिमाल पहाड तराईका जनता बिच एकता गराएर मुलुकको समृद्धिमा काम गर्ने बताउनु भयो । नेता गैरेले  पाँच पाँच पटक एउटै व्यक्तिले अवशर पाउदा पनि विकास नभएकोले यसपटक एमालेका उम्मेदवार लाई मतदान गर्न गैरेले रिव्दीकोटवासीलाई अनुरोध गर्नुभयो । आफुहरुको उम्मेदवारी एमालेबाट भएपनि एमालेका उम्मेदवारहरु सबै राजनैतिक दल र जनताको साझा रहेको गैरेले बताउनु भयो ।


क्षेत्र नम्बर २ (२) प्रदेश सभा सदस्य उम्मेदवार ओम बहादुर घर्तीले संघीय, प्रदेश र स्थानिय सरकारको सहकार्यमा आवस्यकता पहिचान गरि बिकासका काममा तिब्रता दिने बताउनु भयो । स्थानिय जनताबाट आएका गुनासालाई संबोधन गर्दै उम्मेदवार घर्तीले  सहकारीताको बिकास, स्थानिय उत्पादनको बृद्धि, उत्पादित बस्तुको बजारीकरणको व्यवस्था मिलाई सम्बृद्ध रिब्दीकोट र उद्यमी सुखी जनता बनाउन पहल गरिने बताउनु भयो । पालुङ मैनादी लाई सुन्तला जोनको रुपमा  विकास गरिएको ै तरकारी पकेट क्षेत्र थप व्यस्थित गर्दै लैजाने उम्मेदवार घर्तीले बताउनु भयो । यसैगरी नेकपा एमाले क्षेत्र नंं २ १ का उम्मेदवार पर्सराम भट्टराईले बगनासकालीको वडा नंं  २ पोखराथोकमा मा घरदैलो गर्नुभएको छ । पोखराथोकका जनताले वडाका भित्री बाटोहरु स्तरउन्नती हुनुपर्ने, सबै घर घरमा खानेपानीको व्यबस्था हुनुपर्ने, कृषि उत्पादन तथा तरकारीको उचित बजारीकरण हुनुपर्ने मागहरु लाई प्रदेशसभामा निर्वाचित भएपछि सम्वोधन गर्ने बताउनु भयो । तपाईहरुमा मागहरुहरु प्रदेश सरकारकै पहलमा सम्वोधन गर्ने उम्मेदवार भट्टराईले बताउनु भयो ।
पाल्पा निर्वाचन क्षेत्र नंं १ का नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उमेदवार नारायण आचार्य , प्रदेश कमिटी सदस्य एवं प्रदेश सभाका लागी उमेदवार राजु प्रसाद श्रेष्ठ जनताको गुनासो सुन्दै निस्दी गाउँपालिको वडा नंं ७ ज्यामिरेवासीको  घरघर पुग्नु भएको छ । जनताको घरदैलोमा पुगेका उम्मेदवार आचार्यले विकासको एक मात्र खम्बा एमाले पार्टी भएको बताउनु भयो । । एमाले उम्मेदवार  आर्चायले आगामी मंसिर ४ गते हुने चुनावमा एमाले पार्टीलाई बहुमतका साथ जिताएर पठाएमा, पुर्वि पाल्पाको मुहार फेर्ने जिम्मा आफ्नो भएको बताउनु भयो ।


पुर्वी पाल्पाको निस्दी गाउँपालिकालाई हिमाल पहाड तराई जोडिने भिमाद रामपुर अरुणखोला मोटरबाटो स्तरोन्नति गर्ने, १२ महिनै प्रत्येक टोलमा जान मिल्ने मोटरबाटो बिस्तार गर्ने , ठाउँ ठाउँमा पक्की पुल निर्माण, बिजुलीको समस्या समाधान, एक घर एक खानेपानी धारा, शिक्षक तलब भत्ता वृद्धि, विभिन्न बिकासमा निरन्तर लाग्ने, १२ कक्षा संचालन गर्ने जस्ता योजनाहरु उहाँले सुनाउनु भयो आफ्नो गाउँ आफै बनाउ भन्ने नारा सार्थक गराउन एमालेको जित आवस्यक रहेको आचार्यले बताउनु भयो ।
२०५१ मा नेकपा एमाले सरकारले सुरु गरेको आफ्नो गाउँ आफै बनाउ अभियानबाट आज हरेक ठाउँ बिकासको गति लिएको बिकासको गति नै एमाले रहेको र त्यो अभियानलाई निरन्तरता दिनु पर्ने एमाले उम्मेदवार आचार्यले बताउनु भयो ।
प्रदेश सभा क्षेत्र नं १ १ उमेदवार राजु श्रेष्ठले निस्दी ७ ज्यामिरेमा रहेको खेतीयोग्य ठाउँहरुमा कृषि खेती तथा पशुपालन गरि अर्चले लाई आत्मा निर्भर गराउने युवा रोजगार, बिधुत यातायात, शिक्षा, खानेपानीको बृहत बिस्तार गर्ने बताउनु भयो ।
क्षेत्र नंं १ २ प्रदेश सभा उम्मेदवार खेम बहादुर सारु रम्भा गाउँपालिकाको हुगी क्षेत्रमा घरदैलो गर्नुभएएको छ । हुगी क्षेत्रमा  बादर बदेल, मृग लगायत बन्यजन्तु बाट बालीनाली नोक्सानी भएकोले नियन्त्रणको पहल गर्नै, एक घर एक धाराको अभियाना चाडो पुरा गर्न पहल गर्ने, कृषि उत्पादनको बजारीकरणमा पहल गर्ने, गाउँमै रोजगारीको सिर्जना गर्न पहल गर्ने, हुगी क्षेत्र लाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने एमाले उम्मेदवार सारुले बताए । एमालेका सबै उम्मेदवार नया उर्जाशिल भएकोले जनताहरुले यसपटक सूर्यमा मतदान गर्ने बताएका छन ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago