कास्की पोखरा समाज जापानको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न ।

जापान । कास्की पोखरा समाज जापानले हिन्दुहरुको महान चाड बिजय दशमी , शुभ दिपावली (तिहार) , नेपाल सम्बत , छठ पर्वको पावन अबसरमा २०२२/१०/०२ तारिक आइतबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेकोछ ।

टोकीयो स्थित सोल्मारी नेपाली मुरा हलमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा संस्थाका अध्यक्ष श्री बिष्णु प्रसाद सुबेदी ( बिश्व ) को सभापतित्वमा, पोखरा महानगरपालिकाका नगर प्रमुख श्री धनराज आचार्य प्रमुख अतिथि , कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष श्री बिकाश पौडेल, कास्की पोखरा समाज जापानका निबर्तमान अध्यक्ष तथा संरक्षक श्री बिकाश श्रेष्ठ, (NRNA) जापानका अध्यक्ष शिव प्रसाद, थकाली सेबा समिति जापानका अधक्क्ष बुध्दी गौचन, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष श्री सन्जिब राई, तमु धी जापानका उपाध्यक्ष अनिला गुरुङ, कास्की समाज अमेरिकाका अध्यक्ष भरत बराइली , नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचन , गैरआवासिय नेपाली संघ (NRNA) जापानका सल्लाहकार ग्रिसमा पौडेल विशेष अतिथि को रुपमा उपस्थित हुनु भएको थियो। साथसाथै जापान बासी कास्केली तथा नेपाली समुदायको पनि बाक्लो उपस्थित रहेको थियो। 

कार्यक्रमको संचालन संस्थाका महासचिब बिष्णु भण्डारी ( विसु ) ले गर्नु भएको थियो । संस्थाका वरिष्ठ उपाध्यक्ष संदेश अधिकारी ले स्वागत मन्तब्बेय बाट सबै अतिथी हरुलाई स्वागत गर्नुहुने गर्नु भएको थियो । कार्यक्रमको उदेश्य , लक्ष्यको बारेमा अर्का उपाध्याय कमल बास्तोला ले प्रकाश पार्नु भएको थियो। कार्यक्रममा ग्रिसमा पौडेलले रचना (गीत) र दीपेन्द्र अधिकारीको रचना (गीत) पनि  प्रस्तुत गरिएको थियो। कास्की पोखरा घर भइ जापान आउनु भएका राम प्रसाद अधिकारी , होम नाथ बास्तोला लाई जेष्ठ नागरिकको रुपमा सम्मान पनि गरिएको थियो। 

 व्यस्तताका बाबजुत पनि हाम्रो यस कार्यक्रममा उपस्थिति जनाईदिनु भएकोमा , सम्पूर्ण अतिथिहरुलाई तथा कार्य समितिका सम्पुर्ण सदस्यहरुलाई अध्यक्ष श्री बिष्णु प्रसाद सुबेदी ( बिश्व) धन्यबाद ब्यक्त गर्नु भएको थियो ।  

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago