कास्की पोखरा समाज जापानको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न ।

जापान । कास्की पोखरा समाज जापानले हिन्दुहरुको महान चाड बिजय दशमी , शुभ दिपावली (तिहार) , नेपाल सम्बत , छठ पर्वको पावन अबसरमा २०२२/१०/०२ तारिक आइतबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेकोछ ।

टोकीयो स्थित सोल्मारी नेपाली मुरा हलमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा संस्थाका अध्यक्ष श्री बिष्णु प्रसाद सुबेदी ( बिश्व ) को सभापतित्वमा, पोखरा महानगरपालिकाका नगर प्रमुख श्री धनराज आचार्य प्रमुख अतिथि , कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष श्री बिकाश पौडेल, कास्की पोखरा समाज जापानका निबर्तमान अध्यक्ष तथा संरक्षक श्री बिकाश श्रेष्ठ, (NRNA) जापानका अध्यक्ष शिव प्रसाद, थकाली सेबा समिति जापानका अधक्क्ष बुध्दी गौचन, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष श्री सन्जिब राई, तमु धी जापानका उपाध्यक्ष अनिला गुरुङ, कास्की समाज अमेरिकाका अध्यक्ष भरत बराइली , नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचन , गैरआवासिय नेपाली संघ (NRNA) जापानका सल्लाहकार ग्रिसमा पौडेल विशेष अतिथि को रुपमा उपस्थित हुनु भएको थियो। साथसाथै जापान बासी कास्केली तथा नेपाली समुदायको पनि बाक्लो उपस्थित रहेको थियो। 

कार्यक्रमको संचालन संस्थाका महासचिब बिष्णु भण्डारी ( विसु ) ले गर्नु भएको थियो । संस्थाका वरिष्ठ उपाध्यक्ष संदेश अधिकारी ले स्वागत मन्तब्बेय बाट सबै अतिथी हरुलाई स्वागत गर्नुहुने गर्नु भएको थियो । कार्यक्रमको उदेश्य , लक्ष्यको बारेमा अर्का उपाध्याय कमल बास्तोला ले प्रकाश पार्नु भएको थियो। कार्यक्रममा ग्रिसमा पौडेलले रचना (गीत) र दीपेन्द्र अधिकारीको रचना (गीत) पनि  प्रस्तुत गरिएको थियो। कास्की पोखरा घर भइ जापान आउनु भएका राम प्रसाद अधिकारी , होम नाथ बास्तोला लाई जेष्ठ नागरिकको रुपमा सम्मान पनि गरिएको थियो। 

 व्यस्तताका बाबजुत पनि हाम्रो यस कार्यक्रममा उपस्थिति जनाईदिनु भएकोमा , सम्पूर्ण अतिथिहरुलाई तथा कार्य समितिका सम्पुर्ण सदस्यहरुलाई अध्यक्ष श्री बिष्णु प्रसाद सुबेदी ( बिश्व) धन्यबाद ब्यक्त गर्नु भएको थियो ।  

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago