काठमाडौँ: अमेरिकी राजदूत र्यान्डी बेरी आइतबार स्वदेश फर्किएका छन् । नामिबियाका लागि नयाँ अमेरिकी राजदूतमा सिफारिस भएपछि नेपालबाट बेरी स्वदेश फर्किएका हुन्। चार वर्षे कार्यकाल सकाएर उनी फर्किएका हुन् ।
नेपालबाट फर्कने क्रममा उनले नेपालबाट निकै सद्भाव र सत्कारका पाएको समेत उल्लेख गरेका छन्। उनले नेपालको भविष्यका विषयमा आफू निकै आशावादी रहेको पनि बताएका छन्।
‘मेरो जीवनकथामा एउटा अध्याय नेपाली र अमेरिकीको सम्बन्धको इतिहासको बारेमा पनि समावेश हुने सौभाग्य प्राप्त गरेकोमा अत्यन्तै कृतज्ञ छु । मैले यहाँहरूबाट व्यक्तिगत रूपमै अनुभव गर्न पाएको माया, सद्भाव र सत्कारका क्षणहरूका लागि सदैव आभारी रहनेछु,’ उनले भनेका छन्‚’ यो देशको भविष्यका विषयमा म अत्यन्तै आशावादी छु किनभने मैले यहाँका नागरिकहरू, भूभाग, विश्वास र संस्कृतिलाई अत्यन्तै राम्ररी बुझ्ने सुअवसर प्राप्त गरेको छु।’
बेरी फर्किएसँगै नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन थम्सन आउने भएका छन् । थम्सनले शुक्रबार वासिङ्टन डिसीमा पदको शपथसमेत लिइसकेका छन्। दूतावासका अनुसार नवनियुक्त राजदूत थम्सन केही दिनमा काठमाडौं आउनेछन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…