काठमाडौँ: अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिष्टिना फर्नान्डेज डे किर्च्नरलाई ताकिएको बन्दुक नपड्किँदा उनी हत्या प्रयासबाट जोगिन सफल भएकी छिन् । उप राष्ट्रपति क्रिष्टिनाका आफ्नो निवास बाहिर समर्थकहरुलाई अभिवादन गर्दै गर्दा भीडमा रहेका एक व्यक्तिले उनीमाथि ह्यान्डगन ताकेका थिए ।
अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले ५ गोली भरिएको बन्दुकबाट गोली प्रहार गर्न ट्रिगर दबाउँदा पनि हतियार जाम भएर नपड्किएको बताएका छन् ।
उपराष्ट्रपति किर्च्नर संलग्न भएको भनिएको एउटा भ्रष्टाचार मुद्दाको सुनुवाइमा सहभागी भएर घर फर्किँदा सो घटना भएको थियो । किर्च्नरले आफूमाथि लगाएको आरोप अस्वीकार गर्दै आएकी छन् ।

प्रहरीले हतियारधारीलाई हिरासतमा लिएको जनाएको छ । स्थानीय सञ्चार माध्यमहरूले बन्दुक प्रहार गर्ने ती व्यक्ति ३५ वर्षका ब्राजिलियन नागरिक भएको जनाएका छन् । प्रहरीले हतियारधारीको उद्देश्य के थियो भन्नेबारे छानबिन गरिरहेको छ ।

बिहीबार साँझ देशका नाममा सम्बोधन गर्दै राष्ट्रपति फर्नान्डेजले भने, ‘किष्ट्रिना जिउँदै छिन । किनभने पाँच गोली भरिएको बन्दुक पड्किएन, किन पड्किएन भन्ने विषयमा प्राविधिक रुपमा पुष्टी भइसकेको छैन । ‘ उनले आक्रमणकारीको भर्त्सना पनि गरेका छन् । किर्च्नरको ज्यान लिने कोसिसलाई सन् १९८३ मा अर्जेन्टिनामा प्रजातन्त्र स्थापनापछिको सबैभन्दा गम्भीर घटना मानिएको छ ।

‘हामी असहमत हुनसक्छौं, हामीमा धेरै गहिरो असहमति हुनसक्छ तर घृणित अभिव्यक्तिले ठाउँ पाउनु हुन्न किनभने यो हिंसाको बीउ हो र प्रजातन्त्रमा हिंसा अस्तित्वमा रहन सक्दैन,’ राष्ट्रपति फर्नान्डेजले भने । उनले प्रजातन्त्र र उपराष्ट्रपतिप्रति ऐक्यवद्धता व्यक्त गर्नका लागि शुक्रबार सार्वजनिक विदाको घोषणा गरेका छन् ।

स्थानीय सञ्चार माध्यममा आएका फोटोहरूमा एक व्यक्तिले उनको अनुहार नजिकै बन्दुक लगाएको र प्रहार गरेको कोसिस गरेको देखिन्छ । त्यसपछि उनले टाउको झुकाएको देखिन्छ तर गोली भने प्रहार भएन । किर्च्नर सन् २००७ देखि सन् २०१५ सम्म अर्जेन्टिनाको राष्ट्रपति थिइन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago