परीक्षार्थीले आफ्नो मोबाइल नम्बर लेखेर उत्तर पुस्तिकामा फोन गर्नु भनेपछि

सुर्खेत: कर्णाली प्रदेश लोकसेवा आयोगले गत साउन ७ गते लिएको (अहेव पदको) चौथो तहको परीक्षामा एक जना परीक्षार्थीले उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेको भेटिएको छ ।

त्यसो गर्नेमा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का नवीन कुमार रेउले रहेका छन् । मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि प्रदेश लोकसेवाले उनलाई दुई वर्षसम्मका लागि अयोग्य ठहर गरेको छ ।

आयोगले जारी गरेको सूचना अनुसार उनको मास्टर आइडी १४०५७ र रोल नम्बर ४४६६ रहेको छ । रेउलेले बस्तुगत र विषयगत दुवै उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेको प्रदेश लोकसेवा आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार रेउलेलाई प्रदेश लोकसेवा आयोग ऐन, ०७५ को दफा ६४ को उपदफा (१) को खण्ड (ख) बमोजिम कसुर गरेको देखिएको र लोकसेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, ०७८९ को दफा ३६ को उपदफा (२) को खण्ड (ख) बमोजिम लिखित परीक्षा रद्द गरिएको छ । उक्त ऐन अनुसार आयोगबाट आगामी २ वर्षसम्म हुने पदपूर्ति सम्बन्धी सबै विज्ञापनमा उम्मेदवार हुन नपाउने गरी रोक लगाएको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago