चीनले शान्तिपूर्ण र न्यायोचित ढ‌ंगले लिने अडानमा हाम्रो समर्थन रहन्छ- खनाल

काठमाडौँ: सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरीकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण एक चीन नीतिको विरुद्ध भएको उल्लेख गर्दै आपत्ति जनाएका छन् ।
नेकपा एसका विदेश विभाग प्रमुख समेत रहेका खनालले बुधबार वक्तव्य जारी गर्दै पेलोसीको भ्रमणले ताइवान र एशिया क्षेत्रमाकै शान्तिमा खलल पुर्‍याएको उल्लेख गरेका छन् । उनले अमेरिकाले नै विभिन्न समयमा एक चीन नीति स्वीकारीसकेको अवस्थामा चीनको चेतावनीका बावजुद पेलोसीको भ्रमण हुनु आपत्तिजनक रहेको उल्लेख गरेका छन् । ‘हाम्रो पार्टी ताइवान र समग्र एसियाको शान्तिमा खलल पार्ने गतिविधिको विरोध गर्छ’ खनालको वक्तव्यमा छ,’त्यसैले हाम्रो पार्टीको तर्फबाट म फेरी पनि एक चीन मात्र छ । त्यो भनेको जनगणतन्त्र चीन मात्र हो ।’
ताइवानको मुद्दा भनेको सम्पूर्ण रुपमा चीनको मात्र मुद्दा भएको उल्लेख गरेका छन् । ‘ताइवानको प्रश्नमा चीनले शान्तिपूर्ण र न्यायोचित ढ‌ंगले लिने अडानमा हाम्रो समर्थन रहन्छ’ खनालले अंग्रेजी भाषामा जारी गरेको वक्तव्यमा छ,’चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार कसैलाई छैन ।’

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago