काठमाडौँ: सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरीकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण एक चीन नीतिको विरुद्ध भएको उल्लेख गर्दै आपत्ति जनाएका छन् ।
नेकपा एसका विदेश विभाग प्रमुख समेत रहेका खनालले बुधबार वक्तव्य जारी गर्दै पेलोसीको भ्रमणले ताइवान र एशिया क्षेत्रमाकै शान्तिमा खलल पुर्याएको उल्लेख गरेका छन् । उनले अमेरिकाले नै विभिन्न समयमा एक चीन नीति स्वीकारीसकेको अवस्थामा चीनको चेतावनीका बावजुद पेलोसीको भ्रमण हुनु आपत्तिजनक रहेको उल्लेख गरेका छन् । ‘हाम्रो पार्टी ताइवान र समग्र एसियाको शान्तिमा खलल पार्ने गतिविधिको विरोध गर्छ’ खनालको वक्तव्यमा छ,’त्यसैले हाम्रो पार्टीको तर्फबाट म फेरी पनि एक चीन मात्र छ । त्यो भनेको जनगणतन्त्र चीन मात्र हो ।’
ताइवानको मुद्दा भनेको सम्पूर्ण रुपमा चीनको मात्र मुद्दा भएको उल्लेख गरेका छन् । ‘ताइवानको प्रश्नमा चीनले शान्तिपूर्ण र न्यायोचित ढंगले लिने अडानमा हाम्रो समर्थन रहन्छ’ खनालले अंग्रेजी भाषामा जारी गरेको वक्तव्यमा छ,’चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार कसैलाई छैन ।’
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…