पेट्रोलियम पदार्थमा लगाइएका विभिन्न करले मूल्यवृद्धि

काठमाडौं: कांग्रेस सांसद मिनेन्द्र रिजालले पेट्रोलियम पदार्थ आयातमा लगाइएका विभिन्न शिर्षकका कर नै मूल्यवृद्धिको कारक रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले विभिन्न समयमा पेट्रोलियम पदार्थ आयातमा लगाइएको कर नै मूल्यवृद्धिको कारक रहेको बताएका हुन् ।

‘अहिले मात्र होइन पहिलेदेखि नै सरकारले पैसा चाहियो, फ्यूलमै कर लगाएको छ । पूर्वाधार, भन्सार, सडक मर्मतजस्ता कर पेट्रोलियम पदार्थमा लगाइएको छ,’ उनले भने, ‘मूल्यवृद्धिको गम्भीर रोग यो नै हो । रोग एकातिर छ, गम्भीर रोग छ । अहिले महंगी सिरियस रोग हो ।’

पेट्रोलियम पदार्थमा लगाइएका करका विषयमा छलफल आवश्यक रहेको भन्दै उनले यसबारे अर्थ समितिमा छलफल गर्न प्रस्ताव गरे । साथै मूल्यवृद्धि नियन्त्रण गर्न उनले पनि सरकारसँग माग गरे ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago